Skip to main content

Elite News Nepal

समाज

पूर्णलाल श्रेष्ठ इप्पानको सल्लाहकारमा मनोनित, ऊर्जा क्षेत्रमा डेढ दशकको योगदानको कदर

पूर्णलाल श्रेष्ठ इप्पानको सल्लाहकारमा मनोनित, ऊर्जा क्षेत्रमा डेढ दशकको योगदानको कदर

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान (Independent Power Producers' Association Nepal - IPPAN) ले बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठलाई सल्लाहकारमा नियुक्त गरेको छ। इप्पानले आफ्नो विधानअनुसार जलविद्युत् क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका श्रेष्ठलाई सल्लाहकारको जिम्मेवारी दिएको हो। डेढ दशकभन्दा बढी समयदेखि जलविद्युत् क्षेत्रमा सक्रिय श्रेष्ठ हाल बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, एबीपी इनर्जी प्राइभेट लिमिटेड, र एटलस इनर्जी प्राइभेट लिमिटेडका अध्यक्ष हुन्। साथै, उनी ह्याप्पी इनर्जी प्राइभेट लिमिटेडको सञ्चालक समिति सदस्यको जिम्मेवारीमा पनि छन्। बुद्धभूमि नेपाल हाइड्रोपावरले नुवाकोटमा निर्माण गरेको ४.९९३ मेगावाट क्षमताको लोवर तादी जलविद्युत आयोजना २०७८ साल चैत १० गतेदेखि व्यावसायिक उत्पादनमा आएको छ। त्यस्तै, एबीपी…
Read More
नेपालमा CAVA पुरुष भलिबल क्लब च्याम्पियनसिप २०८१ आयोजना हुने

नेपालमा CAVA पुरुष भलिबल क्लब च्याम्पियनसिप २०८१ आयोजना हुने

काठमाडौं– नेपाल भलिबल संघको आयोजनामा आगामी मंसिर २२ देखि २९ गतेसम्म  CAVA पुरुष भलिबल क्लब च्याम्पियनसिप २०८१ त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा आयोजना हुने भएको छ। सेन्ट्रल एसियान भलिबल संघको संयोजनमा हुने यस प्रतियोगितामा नेपाल, इरान, भारत र माल्दिभ्स चार देशका पाँच क्लबहरूको सहभागिता रहनेछ। प्रतियोगितामा ईरानको चादौर मालो क्लब, भारतको क्यालिकट हिरोज, माल्दिभ्सको एच.डी.सी क्लब, र नेपालको गण्डकी प्रदेश टिम तथा हेल्प नेपाल स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछन्। नेपाल भलिबल संघका अनुसार, यस प्रतियोगिताको कुल बजेट १ करोड नेपाली रुपैयाँ रहेको छ। राष्ट्रिय खेलकुद परिषदले प्रतियोगिताका लागि २५ लाख नेपाली रुपैयाँ अनुदान गरेको छ। बाँकी रकम संघका सदस्यहरू र प्रायोजकमार्फत…
Read More
माल्टामा पहिलो नेपाली रेफ्री बने रोशनराज पन्त।

माल्टामा पहिलो नेपाली रेफ्री बने रोशनराज पन्त।

काठमाडौँ। नेपाली मूलका रोशनराज पन्तले माल्टाको फुटबल संघ (MFA) द्वारा मान्यता प्राप्त गर्दै माल्टामा पहिलो नेपाली रेफ्रीको रूपमा इतिहास रचेका छन्। ३६ वर्षीय पन्त, जो काठमाडौंमा जन्मेका र हुर्केका हुन्, अब माल्टाका घरेलु लिगहरूमा रेफ्रीको भूमिकामा खेल सञ्चालन गर्न योग्य भएका छन्।   उनको फुटबल यात्रा निकै प्रेरणादायी छ। एसएलसी पश्चात फुटबलमै रुचि देखाउँदै उनले जेभियर इन्टरनेशनल कलेजमा हरि खड्काको प्रशिक्षणमा खेलाडीको रूपमा पहिलो गोल गर्ने उपलब्धि हासिल गरे। यद्यपि, उनी २०६८/७० मा सशस्त्र प्रहरी बलको क्लबबाट खेल्दा खासै सफलता हात पार्न सकेनन्।   पन्तले खेलाडी जीवनमा विश्राम लिँदै केही समय खेलकुद शिक्षकको रूपमा कान्जिरोवा कलेजमा काम गरे। तर फुटबलको…
Read More
FIFA and WHO Launch “Global Concussion Awareness Campaign.”

FIFA and WHO Launch “Global Concussion Awareness Campaign.”

18 September 2024. In alignment with the Strategic Objectives for the Global Game: 2023-2027, FIFA has partnered with the World Health Organization (WHO) to launch a global concussion awareness initiative, Suspect and Protect: No Match is Worth the Risk. The campaign, announced at The IFAB AGM in March 2024, aims to highlight the dangers of concussion as a serious brain injury, which poses a risk to all players on the field.     The campaign has garnered support from international players, coaches, and medical professionals, focusing on increasing the recognition of concussion signs and symptoms among the football community and…
Read More
बुढानीलकण्ठ वडा नं. १० मा बजार अनुगमन: व्यवसाय व्यवस्थापन सुधार गर्न कडा निर्देशन।

बुढानीलकण्ठ वडा नं. १० मा बजार अनुगमन: व्यवसाय व्यवस्थापन सुधार गर्न कडा निर्देशन।

  ३० भाद्र २०८१। बुढानीलकण्ठ नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिँदै आइरहेको छ। आइतबार वडा नं. १० कपन निलोपुलदेखि आकाशेधारा क्षेत्रसम्मका व्यवसायहरूको अनुगमन गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालको नेतृत्वमा भएको अनुगमनले क्षेत्रका पसल, मार्ट, क्याफे, कपडा पसल, र सुनचाँदी व्यवसायहरूको मूल्य, खाद्य वस्तुको गुणस्तर, व्यवसाय दर्ता, र व्यवस्थापन अवस्थाको जाँच गरेको छ।     अनुगमनमा २० वटा व्यवसायहरू समेटिएका थिए, जसमा अधिकांशले व्यवस्थापन र दर्ता प्रक्रियामा कमजोरी देखाएका थिए। खाद्य पसलहरूबाट म्याद नाघेका सामानहरू जफत गरी नष्ट गरिएको र क्याफे तथा मिठाई पसलहरूमा सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ। कर नतिरेकालाई तीन दिनभित्र राजस्व तिर्न र दर्ता नभएकालाई दर्ता…
Read More
लियोनल मेस्सीको शानदार प्रदर्शन, इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ३-१ ले हरायो।

लियोनल मेस्सीको शानदार प्रदर्शन, इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ३-१ ले हरायो।

३० भाद्र २०८१। लियोनल मेस्सीले चोटपछिको पुनरागमनमा दुई गोल र एक असिस्ट गर्दै इन्टर मियामीलाई फिलाडेल्फिया युनियनविरुद्ध ३-१ को जित दिलाएका छन्। जुलाईमा कोपा अमेरिकाको फाइनलमा खुट्टामा चोट लागेपछि मेस्सीले विश्वकप छनोट खेल र आठ एमएलएस खेल गुमाएका थिए। तीन महिनापछि आफ्नो पहिलो खेलमा मेस्सीले तुरुन्तै प्रभाव जमाए। मिकेल उहरेले खेलको ५८ सेकेन्डमै फिलाडेल्फियालाई अग्रता दिलाए पनि इन्टर मियामीले २६ औं मिनेटमा बराबरी गोल गर्‍यो। मेस्सीले लुइस स्वारेजको पास र पूर्व बार्सिलोनाका साथी जोर्डी अल्बाको सहयोगमा शानदार गोल गरे।   त्यसपछि, मेस्सीले चार मिनेटको अन्तरालमै पुनः गोल गर्दै मियामीलाई खेलमा अग्रता दिलाए। इन्जुरी समयको गहिराइमा, उनले तेस्रो गोलको लागि स्वारेजलाई…
Read More
मोरङ र बर्दियामा जुवातास खेलिरहेका १३ जना पक्राउ।

मोरङ र बर्दियामा जुवातास खेलिरहेका १३ जना पक्राउ।

३० भाद्र २०८१, काठमाडौं। प्रहरी प्रशासनले जुवातास नियन्त्रणका लागि ठूलो सफलता प्राप्त गरेको छ। मोरङ र बर्दिया जिल्लामा छुट्टाछुट्टै अपरेशन गर्दै प्रहरीले १३ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। यी घटनाहरूले समाजमा बढ्दै गरेको गैरकानुनी क्रियाकलापमाथि कडा निगरानी आवश्यक रहेको देखाएको छ।     मोरङको कटहरा टोलमा ठूलो रकमसहित ९ जना पक्राउ मोरङ जिल्लाको ग्रामथान गाउँपालिका-४ स्थित कटहरा टोलमा रहेको बाँसघारीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट नगद १८ लाख ५१ हजार ५ सय रूपैयाँसहित १६ थान कौडा, १२ बुक तास, र १५ वटा मोबाइल बरामद गरेको छ। पक्राउ परेकाहरूमा स्थानीय ५५ वर्षीय अहिलाल…
Read More
हृदयघात एक गम्भीर मुटुरोग: डा. नबिन पौडेल।

हृदयघात एक गम्भीर मुटुरोग: डा. नबिन पौडेल।

  भरतपुर।आजको पुस्तामा धेरै मानिसलाई हृदयाघात हुने गरेको छ, यो युवा र वृद्ध दुवैमा भइरहेको छ। डा. नबिन पौडेल (NMC: 27432) ले हृदयघातबाट बच्ने र उपचारका बारेमा  सुझाव दिनुभएको छ। डाक्टर नबिन पौडेल का अनुसार,  हृदयघात, जसलाई मायोकार्डियल इन्फ्रक्सन भनिन्छ, एक गम्भीर स्वास्थ्य अवस्था हो जसमा मुटुको मांसपेशीलाई रगतको आपूर्ति अवरुद्ध हुन्छ। यस अवस्थाले मुटुको मांसपेशीको एक विशेष भागमा रक्तसञ्चार रोकिदिन्छ, जसले गर्दा उक्त क्षेत्रलाई हानि पुर्याउँछ। यदि समयमा उपचार नगरी यो अवस्था बढाउँछ भने, मुटुको मांसपेशीमा थप गम्भीर क्षति हुन सक्छ र जीवनलाई खतरा निम्त्याउन सक्छ।     हृदयघातको मुख्य कारण कोरोनरी आर्टरी डिजिज (CAD) हो, जसले मुटुलाई रगत…
Read More
कलाकार सुलेमान शंकर (ईकु) पक्राउ: विदेश पठाउने बहानामा रकम ठगी।

कलाकार सुलेमान शंकर (ईकु) पक्राउ: विदेश पठाउने बहानामा रकम ठगी।

काठमाडौं – कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ धुमबाराही बस्ने ललितपुर धापाखेल घर भएका ४० वर्षीय सुलेमान शंकर (ईकु) भन्ने सूर्यमान शंकरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।   उनीले एसएमएस फिल्म्स प्रालिको नाममा ग्लोबल आइएमई बैंकको खातामा पीडितहरूबाट प्रति व्यक्ति १५ देखि २० लाख रूपैयाँ सम्म जम्मा गर्न लगाएर सम्पर्कविहीन भएका थिए। केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं हात्तीगौंडाबाट पक्राउ गरेको हो।     सुलेमान शंकर (ईकु) फिल्म जगतमा एक सफल कलाकारका रूपमा चिनिन्छन्। नेपाली दर्शकहरूले मन पराएका हाँस्य टेलिश्रृंखला "मेरी बास्सै" मा ईकु नामक भूमिकाका लागि उनले व्यापक…

नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल