Skip to main content

Elite News Nepal

स्थानीय तह विशेष

काठमाडौं महानगरपालिकाद्वारा ७३ बालबालिकाको उद्धार, ७ जनाको मुद्दा न्यायिक प्रक्रियामा

काठमाडौं महानगरपालिकाद्वारा ७३ बालबालिकाको उद्धार, ७ जनाको मुद्दा न्यायिक प्रक्रियामा

काठमाडौं – काठमाडौँ महानगरपालिकाले जोखिमपूर्ण अवस्थाबाट ७३ जना बालबालिकालाई उद्धार गरेको छ। उद्धार गरिएका मध्ये ४१ जना बालक र ३२ जना बालिका रहेका छन्। महानगरपालिकाका अनुसार उद्धार गरिएका बालबालिकामध्ये ३८ जनालाई बाल संरक्षण गृहमा राखिएको छ भने ३४ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ। यस क्रममा ७ जना बालबालिकासम्बन्धी गम्भीर घटनामा न्यायिक प्रक्रिया अगाडि बढाइएको छ। तीमध्ये ४ जना जबरजस्ती करणी, २ जना बाल यौन दुव्र्यवहार तथा १ जना बालिकालाई कुटपिट र दास बनाएको अभियोगमा मुद्धा दायर गरिएको छ। महानगरले पछिल्ला दुई घटनामा मनोसामाजिक प्रतिवेदन तथा संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मान्दै कारबाही अघि बढाएको जनाएको छ। काठमाडौं महानगरपालिका सामाजिक न्याय…
Read More
म्याग्दे गाउँपालिकाद्वारा दोस्रो अध्यक्ष कप २०८१ को घोषणा

म्याग्दे गाउँपालिकाद्वारा दोस्रो अध्यक्ष कप २०८१ को घोषणा

पोखरा। तनहुँको म्याग्दे गाउँपालिकाले आगामी फागुन १३ गतेदेखि दोस्रो अध्यक्ष कप २०८१ आयोजना गर्ने भएको छ। बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाले प्रतियोगिताको विस्तृत जानकारी गराएको हो। 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने नारासहित आयोजना हुन लागेको अध्यक्ष कप अन्तर्गत गण्डकी प्रदेशभित्रका पालिकास्तरीय ११ 'ए' साइड पुरुष फुटबल, तनहुँ जिल्लास्तरीय 'सी' लेभल ब्याडमिन्टन तथा म्याग्दे गाउँपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता समावेश छन्। गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठका अनुसार नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको पालिकास्तरीय फुटबल प्रतियोगिता म्याग्दे–५ छाङ्ग पाटन खेलमैदानमा हुनेछ। प्रतियोगिताका विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै,…
Read More
बुढानीलकण्ठ वडा नं. १० मा बजार अनुगमन: व्यवसाय व्यवस्थापन सुधार गर्न कडा निर्देशन।

बुढानीलकण्ठ वडा नं. १० मा बजार अनुगमन: व्यवसाय व्यवस्थापन सुधार गर्न कडा निर्देशन।

  ३० भाद्र २०८१। बुढानीलकण्ठ नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिँदै आइरहेको छ। आइतबार वडा नं. १० कपन निलोपुलदेखि आकाशेधारा क्षेत्रसम्मका व्यवसायहरूको अनुगमन गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालको नेतृत्वमा भएको अनुगमनले क्षेत्रका पसल, मार्ट, क्याफे, कपडा पसल, र सुनचाँदी व्यवसायहरूको मूल्य, खाद्य वस्तुको गुणस्तर, व्यवसाय दर्ता, र व्यवस्थापन अवस्थाको जाँच गरेको छ।     अनुगमनमा २० वटा व्यवसायहरू समेटिएका थिए, जसमा अधिकांशले व्यवस्थापन र दर्ता प्रक्रियामा कमजोरी देखाएका थिए। खाद्य पसलहरूबाट म्याद नाघेका सामानहरू जफत गरी नष्ट गरिएको र क्याफे तथा मिठाई पसलहरूमा सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ। कर नतिरेकालाई तीन दिनभित्र राजस्व तिर्न र दर्ता नभएकालाई दर्ता…
Read More
क्यानडा पठाइदिन्छु भनी १ करोड ६५ लाख ठगी गर्ने पक्राउ।

क्यानडा पठाइदिन्छु भनी १ करोड ६५ लाख ठगी गर्ने पक्राउ।

काठमाडौँ - जिल्ला रोल्पा, माडी गाउँपालिका वडा नं १ जवाड निवासी हाल काठमाडौँ महानगरपालिका, कलंकी बस्ने २९ वर्षीय रण बहादुर घर्तीले ८ जनालाई बैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका छन्।     घर्तीले पीडितहरूसँग क्यानडामा आकर्षक रोजगारको प्रलोभनमा परेर प्रतिव्यक्ति ३५ लाख रूपैयाँ बुझाउन भनेका थिए। उनले क्यानडामा पुगेपछि मासिक ४ लाख रूपैयाँ तलब हुने गरी कम्पनीमा काम लगाइदिने आश्वासन दिएर विभिन्न समयमा जम्मा १ करोड ६५ लाख रूपैयाँ ठगी गरेको बताइएको छ।     उक्त ठगीको घटनामा लामो समयदेखि फरार रहेका घर्तीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले २०८१ भदौ २४…
Read More
बझाङमा हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्धार

बझाङमा हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्धार

धनगढी । बझाङबाट एक जना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ६ कि २१ बर्षिया बसन्ती देवी धामी लाइ बझाङबाट हेलिकप्टर मार्फत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका बिपद् सम्पर्क व्यक्ति नन्द धामीले बताए ।                 जिल्ला अस्पताल बझाङका अनुसार जेठ २६ गते बिहान १ बजे तीर सुत्केरी व्यथा लागेर अस्पताल आएकी धामीले ४ बजे तीर शल्यक्रिया गरी बच्चा जन्माएकी थिइन । उनले ३ वर्ष पहिले पनि शल्यक्रिया गरेर बच्चा जन्माएकी आफन्तले बताएका छन् । पहिलेको शल्यक्रियाको समयमा पाठेघर र पिसाब थैली एकै ठाउँमा…
Read More
सहकारी छानबिनका सबै प्रतिवेदन झिकाउने संसदीय छानबिन विशेष समितिको निर्णय

सहकारी छानबिनका सबै प्रतिवेदन झिकाउने संसदीय छानबिन विशेष समितिको निर्णय

काठमाडौँ : सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी छानबिनसँग सम्बन्धित प्रतिवदेनहरु झिकाउने निर्णय गरेको छ। शुक्रवार सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले सहकारी छानबिनका लागि विगतमा गठित समिति तथा जाँचबुझ आयोगहरूको प्रतिवेदन तत्काल उपलब्ध गराउन संबद्ध पक्षलाई आग्रह गर्ने निर्णय गरेको हो। सहकारी छानबिनका सम्बन्धमा विगतमा बनेका सबै छानबिन समिति र जाँचबुझ आयोगहरूका प्रतिवेदन असार २ गते भित्र उपलब्ध गराउन सम्बद्ध सबै पक्षलाई पत्राचार गर्ने निर्णय पनि गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए। बैठकमा विशेष समितिको कार्यविधिको मस्यौदामाथि पनि छलफल शुरु गरिएको छ। त्यसलाई अन्तिम रुप दिनुअघि कार्यादेशबारे स्पष्ट हुनका लागि कार्यदलका संयोजक र…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल