Skip to main content

Elite News Nepal

नेपालमा CAVA पुरुष भलिबल क्लब च्याम्पियनसिप २०८१ आयोजना हुने

Advertisement

काठमाडौं– नेपाल भलिबल संघको आयोजनामा आगामी मंसिर २२ देखि २९ गतेसम्म  CAVA पुरुष भलिबल क्लब च्याम्पियनसिप २०८१ त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा आयोजना हुने भएको छ। सेन्ट्रल एसियान भलिबल संघको संयोजनमा हुने यस प्रतियोगितामा नेपाल, इरान, भारत र माल्दिभ्स चार देशका पाँच क्लबहरूको सहभागिता रहनेछ।

पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका सदस्यहरु

प्रतियोगितामा ईरानको चादौर मालो क्लब, भारतको क्यालिकट हिरोज, माल्दिभ्सको एच.डी.सी क्लब, र नेपालको गण्डकी प्रदेश टिम तथा हेल्प नेपाल स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछन्।

नेपाल भलिबल संघका अनुसार, यस प्रतियोगिताको कुल बजेट १ करोड नेपाली रुपैयाँ रहेको छ। राष्ट्रिय खेलकुद परिषदले प्रतियोगिताका लागि २५ लाख नेपाली रुपैयाँ अनुदान गरेको छ। बाँकी रकम संघका सदस्यहरू र प्रायोजकमार्फत संकलन गरिरहेको जानकारी संघले दिएको छन्।

Advertisement: Elite futsal. For Booking/9851050725

यस प्रतियोगितामा कुनै नगद पुरस्कार नराखिने जनाइएको छ। प्रतियोगिताले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्ने र भलिबल खेलको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।

नेपाल भलिबल संघले यस्ता प्रतियोगिताहरूले खेलाडीहरूको क्षमता विकाससँगै नेपाललाई अन्तर्राष्ट्रिय भलिबल मञ्चमा स्थापित गर्न मद्दत गर्ने अपेक्षा राखेको छ। संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र महासचिव रोजन श्रेष्ठले प्रतियोगिताको प्रचार-प्रसार र सफल आयोजनाका लागि सबै सरोकारवालाहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।

पत्रकार सम्मेलनमा च्याम्पियनसिप बारे जानकारी दिदै नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द

नेपालले विगतमा विभिन्न अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गर्दै आएको छ। संघले यो प्रतियोगिता पनि नेपाली भलिबलको विकास र खेलाडीहरूको प्रगतिका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल