Skip to main content

Elite News Nepal

विद्यावाणीलाई १०औं अर्किड कपको उपाधि

Advertisement

काठमाडौं – विद्यावाणी पाठशालाले १०औं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि आइतबार हात पारेको छ।

काँडाघारीस्थित आयोजक अर्किड प्युपल स्कुलको मैदानमा भएको फाइनल खेलमा विद्यावाणीले एकलब्स शिक्षा सदनलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्‍यो। निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो।

यस प्रतियोगितामा विद्या विकास तेस्रो तथा निर्मल ज्योति चौथो स्थानमा रहे।

शीर्ष चार स्थानमा रहने टोलीले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको आयोजक अर्किड प्युपल स्कुलका संस्थापक प्रेमकुमार भुजेलले जानकारी दिए।

व्यक्तिगत पुरस्कारतर्फ विद्यावाणीका एकेन्द्र बुढा उत्कृष्ट खेलाडी घोषित भए भने विद्यावाणीकै श्रृयान भट्टराई उत्कृष्ट गोलरक्षक बने। विद्या विकासका अभिषेक कुमार उदीयमान खेलाडी र एकलब्यका निरज मगर सर्वाधिक गोलकर्ताको उपाधि जित्न सफल भए। एजीएमले अनुशासित टोलीको ट्रफी हात पार्‍यो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल