15
Apr
पोखरा, नेपाल – पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय पुरुष टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार (११औं दिन) समूह ‘डी’ का दुई खेल सम्पन्न भए, जसमा अत्तरिया क्रिकेट एकेडेमी र मालपोखरी क्रिकेट क्लब विजयी बने। पोखरा रंगशालास्थित मैदानमा भएको पहिलो खेलमा अत्तरिया क्रिकेट एकेडेमीले होरिजोन क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्यो। पहिले ब्याटिङ गर्दै होरिजोनले १९.१ ओभरमा १० विकेट गुमाउँदै १४० रन बनायो। होरिजोनका लागि कमल विष्टले ३९ रन, विप्रस केसीले ३५ रन (नटआउट), र नरबहादुर सार्कीले २७ रन बनाए। अत्तरियाका लागि बसन्त खत्री र भोजराज भट्टले समान ३ विकेट लिए, जबकि सुशिल साउदले २ विकेट हात पारे। १४१…
