Skip to main content

Elite News Nepal

पूर्णलाल श्रेष्ठ इप्पानको सल्लाहकारमा मनोनित, ऊर्जा क्षेत्रमा डेढ दशकको योगदानको कदर

Advertisement

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान (Independent Power Producers’ Association Nepal – IPPAN) ले बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठलाई सल्लाहकारमा नियुक्त गरेको छ। इप्पानले आफ्नो विधानअनुसार जलविद्युत् क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका श्रेष्ठलाई सल्लाहकारको जिम्मेवारी दिएको हो।

डेढ दशकभन्दा बढी समयदेखि जलविद्युत् क्षेत्रमा सक्रिय श्रेष्ठ हाल बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, एबीपी इनर्जी प्राइभेट लिमिटेड, र एटलस इनर्जी प्राइभेट लिमिटेडका अध्यक्ष हुन्। साथै, उनी ह्याप्पी इनर्जी प्राइभेट लिमिटेडको सञ्चालक समिति सदस्यको जिम्मेवारीमा पनि छन्।

बुद्धभूमि नेपाल हाइड्रोपावरले नुवाकोटमा निर्माण गरेको ४.९९३ मेगावाट क्षमताको लोवर तादी जलविद्युत आयोजना २०७८ साल चैत १० गतेदेखि व्यावसायिक उत्पादनमा आएको छ।
त्यस्तै, एबीपी इनर्जीले नुवाकोटमै निर्माणाधीन ८ मेगावाट क्षमताको तादी घ्याङफेदी जलविद्युत आयोजना सम्पन्न गर्न लागिरहेको छ।

ह्याप्पी इनर्जीले संखुवासभामा ४० मेगावाट क्षमताको अप्पर संखुवाखोला आयोजना निर्माण गरिरहेको छ भने एटलस इनर्जीले ३०.२४ मेगावाट क्षमताको मध्य घुन्साखोला जलविद्युत आयोजना निर्माणको तयारी गरिरहेको छ।

इप्पानले ऊर्जा क्षेत्रमा विशेष योगदान पुर्‍याएका अग्रज ऊर्जा उद्यमी र विज्ञहरूलाई सल्लाहकारको रूपमा मनोनयन गर्ने प्रचलनलाई निरन्तरता दिँदै श्रेष्ठलाई सल्लाहकार बनाएको हो।
इप्पानले आज आफ्नो रजत जयन्ती समारोहको अवसरमा विविध कार्यक्रमहरूको आयोजना गर्दै ऊर्जा क्षेत्रका अग्रज व्यक्तित्वहरूलाई सम्मानसमेत गरेको छ।

श्रेष्ठको नियुक्तिले इप्पानलाई ऊर्जा क्षेत्रमा थप सशक्त र प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल