05
Jun
काठमाडौं । यही जेठ २३ गतेदेखि प्रदर्शनमा आउने चलचित्र जन्ते बाख्रोले भव्य प्रिमियर सम्पन्न गरेको छ । बुधबार काठमाडौंको सिभिल मलमा चलचित्र जन्ते बाख्रोको प्रिमियर गरिएको हो । प्रिमियरमा कलाकारहरु सौगात मल्ल, गरिमा शर्मा, सन्दीप क्षेत्री, लाहुरे, अनुपविक्रम शाही, वर्षा राउत, सञ्जोग कोइराला, अशिम शाह, महेश काफ्ले, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको बाक्लो उपस्थित थियो । प्रिमियर पछि पत्रकारहरुसँग कुरा गर्दै गायक महेश काफ्लले चलचित्रको कथा सरर बगेकोले राम्रो लागेको भन्दै आमाको भुमिकामा रहेकी रमा थपलियाको अभिनयको तारिफ गरे । ‘कथा बगेको छ । यसको महत्वपूर्ण पाटो पनि कथा बग्नु नै हो । चलचित्रमा सबै गित संगित एकदम राम्रो छ । सौगात…
