Skip to main content

Elite News Nepal

एथलेटिक्स टोली भारत जाने

Advertisement

काठमाडौं – भारतको राँचीमा हुने दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ३० सदस्यीय नेपाली टोली बुधबार भारत प्रस्थान गर्ने भएको छ। प्रतियोगिता अक्टोबर २४ देखि २६ तारिखसम्म चल्नेछ।

नेपाल एथलेटिक्स संघका अनुसार प्रतियोगितामा २६ जना खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन्। सहभागी खेलाडीहरूमा मुकेश पाल, राजन रोकाया, सोम कुमाल, सलिन देवान, सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने, सुशील केसी, शिवराज पार्की, अरुण महतो, रामचन्द्र थारु, तिलक विक, युवराज विक, गणेशसिंह रावत, नागेश्वर ऐर, चन्द्रदेव जोशी, प्रवीण राना, बसन्ती चौधरी, सिमाकुमारी थारु, जयरानी थारु, सिता शाही, सर्मिलाकुमारी थारु, सरस्वती चौधरी, रन्जिता अधिकारी, डिना गोपाली र नारायणी भण्डारी रहेका छन्।

टोलीको नेतृत्व व्यवस्थापक दिपेन्द्रकुमार गोइतले गर्ने छन् भने प्रशिक्षकमा राकेश वज्राचार्य र धनीराम चौधरी, तथा अफिसियलमा अनिरुद्र चौधरी रहेका छन्।

नेपाल टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक विशेष कार्यक्रमबीच बिदाइ गरेका थिए।
उनले टोलीलाई सफलताको शुभकामना दिंदै नेपालको प्रदर्शनले देशको एथलेटिक्स क्षेत्रको स्तर उकास्ने विश्वास व्यक्त गरे।

यो च्याम्पियनसिपमा दक्षिण एसियाली राष्ट्रहरूका उत्कृष्ट खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्, जहाँ नेपालले पदक जित्ने लक्ष्यसहित सहभागिता जनाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल