Elite News Nepal

प्रमुख समाचार

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टोलीलाई सम्मान गरेको छ । तारर्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले अस्ट्रेलियाको गोलकोष्टमा भएको अन्तराष्ट्रिय फुटसल प्रतियोगितमा सहभागी टोलीलाई एक कार्यक्रमबीच सम्मान गरे । उक्त प्रतियोगितामा सम्पूर्ण थापा, अन्जल ढकाल, दिपेश जुग्जाली पुन, रितिक रिजाल र सौगात थापा क्षेत्रीले यु–१६ उमेरसमूहमा प्रतिस्पर्धा गरेका थिए । सोही अवसरमा अफिसियल दिलबहादुर बुढाथोकी र सुमन तिमल्सिना पनि सम्मानित भए । कार्यक्रममा विद्यालयका अध्यक्ष लिलबहादुर पुन, विद्यालयका प्रधानाध्यापक टकबहादुर थापा, काठमाडौं प्याब्सनका उपाध्यक्ष धनबहादुर पुनलगायतको उपस्थिति रहेको थियो ।
Read More
टेनिस टोली भियतनाम जाने

टेनिस टोली भियतनाम जाने

काठमाडौं। वल्र्ड जुनियर टेनिस कम्पिटिसन प्रिक्वालिफाइङ (डब्लुजेटीसी) मा नेपालका ६ खेलाडीले सहभागिता जनाउने भएका छन् । यू–१४ उमेरसमूहको प्रतियोगिता भियतनाममा हुनेछ। ब्वाइजमा सभ्यजंग कार्की, विश्वविशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा गल्र्समा सारा पन्त, एरा खत्री र स्वराह थापाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा कुमार अधिकारी छन् । गल्र्सको प्रतियोगिता मार्च २ देखि ७ तारिखसम्म हुनेछ । प्रशिक्षकसहित टोली शुक्रबार जाने छ । ब्वाइजको प्रतिस्पर्धा मार्च ९ देखि १४ तारिखसम्म हुनेछ । टोली मार्च ६ तारिख जाने कार्यक्रम छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।
Read More
मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन

मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन

  काठमाडौं। प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगिताको बुधबार औपचारिक उद्घाटन भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शरद भेषावकर र आयोजक मातृभूमि स्कुलकी प्रिन्सिपल प्रकृति केसी पन्तले सानोठिमीस्थित मातृभूमिमा आयोजित एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । खेल भने बिहीबारदेखि मात्र हुनेछ । उद्घाटनकै अवसरमा भेषावकर र केसीले ट्रफी पनि सर्वाजनिक गरेका थिए । प्रतियोगितामा ८ छात्र टिमको सहभागी छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहमा शीर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् । समूह ‘ए’ मा जनप्रेमी वल्र्ड स्कुल, विनायक शिक्षा निकेतन, ग्लोबल…
Read More
बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

काठमाडौं। नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार रुसको मस्को जाने भएको छ । फेब्रुअरी २७ देखि मार्च २ तारिखसम्म हुने प्रतियोगितामा ४ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ७० केजीमा सनीसिंह सुनार, ७५ केजीमा सागर विष्ट, ८० केजीमा मुकेशकुमार चन्द र ३० केजीमा ब्रिनिश महर्जनले खेल्ने छन् । महिल ५५ केजीमा बबिता कार्कीले प्रतिस्पर्धा गर्ने छिन् । प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका ब्रान्च चिफ समेत रहेका अध्यक्ष वीरकृष्ण महर्जन छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
Read More
नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित

नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित

वानखेडे, मुम्बई - वेस्ट इन्डिजले नेपाललाई ९ विकेटले पराजित गर्दै प्रभावशाली जित हात पारेको छ। टस जितेर पहिले फिल्डिङ रोजेको वेस्ट इन्डिजलाई नेपालले १३४ रनको लक्ष्य दिएको थियो जुन लक्ष्य  १५.२ ओभरमै १ विकेट गुमाएर वेस्ट इन्डिजले पूरा गर्‍यो। लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजका कप्तान शाई होप ले ४४ बलमा ६१ रनको उत्कृष्ट अर्धशतक प्रहार गरे। ब्रान्डन किंग ले १७ बलमा २२ रन जोडे भने शिम्रोन हेत्मेर ले ३२ बलमा ४६ रन बनाउँदै टोलीलाई सहज जित दिलाए। नेपालका लागि नन्दन यादव ले एक मात्र विकेट लिए। सुरुवातमै ब्याटिङ गरेको नेपाल को तर्फा बाट ओपनर कुशल भुर्तेल पहिलो ओभरमै १ रनमा…
Read More
वानखेडेमा नेपालद्वारा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

वानखेडेमा नेपालद्वारा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

वानखेडे, मुम्बई- मुम्बईस्थित वानखेडे स्टेडियममा जारी आईसीसी पुरुष टी–२० विश्वकपअन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले फिल्डिङ रोजेको वेस्ट इन्डिजले सुरुवातदेखि नै नेपाललाई दबाबमा राखेको थियो। ओपनर कुशल भुर्तेल पहिलो ओभरमै बोल्ड हुँदै १ रनमा आउट भएपछि नेपालको इनिङ्स कमजोर बनेको थियो। त्यसपछि कप्तान रोहित पौडेल ७ बलमा ५ रन, आसिफ शेख १० बलमा ११ रन र आरिफ शेख ८ बलमा २ रनमै आउट भए। लोकेश बामले १५ बलमा १३ रन जोडे। मध्यक्रममा दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा ५८ रनको महत्वपूर्ण अर्धशतक प्रहार गरे र टोलीलाई सम्मानजनक…
Read More
नेपालमाथि इटालीको ऐतिहासिक जित

नेपालमाथि इटालीको ऐतिहासिक जित

मुम्बई - आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ। मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार भएको खेलमा नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले १२.४ ओभरमै कुनै विकेट नगुमाई सहज रूपमा पूरा गर्‍यो। पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा १२३ रन बनायो। कप्तान रोहितकुमार पौडेलले २३ रन बनाए भने मोहम्मद आरिफ शेखले २० रन जोडे। करण केसीले १८ तथा दीपेन्द्र सिंह ऐरीले १७ रन बनाए पनि अन्य ब्याटरले ठूलो इनिङ्स खेल्न नसक्दा नेपाल मध्यम स्कोरमै सीमित भयो। इटालीका बलर क्रिष्ण कालुगमागेले ३ विकेट लिए भने बेन्जामिन मनेंतीले २ विकेट हात पारे। हसन अली,…
Read More
आईसीसी महिला टी–२० विश्वकप छनोट: अमेरिकाको पहिलो जित

आईसीसी महिला टी–२० विश्वकप छनोट: अमेरिकाको पहिलो जित

काठमाडौं — आईसीसी महिला टी–२० विश्वकप छनोटअन्तर्गतको आठौँ खेलमा संयुक्त राज्य अमेरिकाले नामिबियालाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। टस जितेर अमेरिकाले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित २० ओभरमा १४५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्‍यो। नामिबियाका लागि यासमिन खानले ४७ बलमा उत्कृष्ट ७४ रन बनाइन् भने मर्सेरली गोरासेसले २८ रन बनाइन्। अन्य खेलाडीहरूमा सुनि विटम्यानले ८, विल्का म्वाटिलेले १५, जुरिएने डियरगार्ड्टले ११, मेकलाये म्वाटिलेले ४ र नाओमी बेन्जामिनले २ रन जोडिन्। अमेरिकाको बलिङतर्फबाट तारा नोरिसले ३ विकेट लिइन् भने इसानी वाघेलाले २ र सान्वी इम्माडीले १ विकेट हात पारिन्। जवाफमा ब्याटिङ गरेको अमेरिकाका लागि…
Read More
नामिबियाले अमेरिकालाई १४५ रनको लक्ष्य

नामिबियाले अमेरिकालाई १४५ रनको लक्ष्य

काठमाडौं — आईसीसी महिला टी–२० विश्वकप छनोटअन्तर्गतको आठौँ खेलमा नामिबियाले संयुक्त राज्य अमेरिका लाई १४५ रनको लक्ष्य दिएको छ। टस जितेर अमेरिकाले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित २० ओभरमा प्रतिस्पर्धात्मक योगफल तयार गरेको हो। नामिबियाका लागि यासमिन खानले शानदार ब्याटिङ गर्दै ४७ बलमा ७४ रन जोडिन्। उनलाई मर्सेरली गोरासेसले २८ रन बनाएर साथ दिइन्। त्यसैगरी सुनि विटम्यानले ८, विल्का म्वाटिलेले १५, जुरिएने डियरगार्ड्टले ११, मेकलाये म्वाटिलेले ४ र नाओमी बेन्जामिनले २ रनको योगदान गरिन्। अमेरिकाको बलिङतर्फबाट तारा नोरिस प्रभावशाली देखिइन्, उनले ३ विकेट लिइन्। इसानी वाघेलाले २ विकेट हात पार्दा सान्वी इम्माडीले १ विकेट लिइन्।
Read More
थाइल्यान्डले जिम्बावेलाई एक रनले हरायो

थाइल्यान्डले जिम्बावेलाई एक रनले हरायो

काठमाडौं। आइसिसी महिला टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत थाइल्यान्डले जिम्बावेविरुद्ध एक रनको रोमाञ्चक जित निकाल्दै प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन देखाएको छ। टस जितेर पहिले बलिङ रोजेको जिम्बावे विरुद्ध थाइल्यान्डले निर्धारित इनिङ्समा ११५ रन बनाएको थियो। टोलीका लागि नन्नापाट कोंचारोएनकाइले ५४ रन बनाउँदै सबैभन्दा ठूलो योगदान दिइन्। नत्थाकन चन्थामले २६ र कप्तान नारुएमोल चाइवाईले १३ रन बनाउँदै ब्याटिङलाई मजबुत बनाए। अन्त्यतिर सुलीपर्न लाओमी अविजित ९ रनमा रहेर टीमको कुल स्कोरलाई मजबुत बनाइन्। जिम्बावेका लागि एडेल जिमुनु र अड्री माज्भिशायाले समान २–२ विकेट लिइन् भने जोसेफिन नकोमोले १ विकेट हात पारिन्। जवाफमा ब्याटिङ गरेको जिम्बावेको तर्फा बाट मोडेस्टर मुपाचिक्वाले ३६ रन, केलिस न्धलोभुले २८…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल