05
Jun
काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको नाममा रहेको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरूमध्ये पूर्वकानुनमन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमि सुधार सचिव छविराज पन्तलगायत रहेका छन्। अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको अख्तियारले जनाएको छ। काभ्रेपलाञ्चोकमा रहेको पतञ्जली योगपीठ तथा आयुर्वेदिक कम्पनीका नाममा हदबन्दी छुटको जग्गा खरिदबिक्री गरिएको विषयमा अनुसन्धानपछि मुद्दा दायर गरिएको हो। २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री रहँदा मन्त्रिपरिषद्बाट निर्णय गरेर उक्त हदबन्दी छुटको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो।…
