Skip to main content

Elite News Nepal

गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफलाई

Advertisement

पोखरा — पोखराको रंगशालास्थित ह्याण्डबल कोर्टमा सम्पन्न गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि विभागीय टोली एपिएफ क्लबले आफ्नो नाम गरेको छ। त्रिभुवन आर्मीलाई फाइनलमा ३१–१७ ले पराजित गर्दै एपिएफले विजेता भएर एक लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आर्मीले ५० हजार रुपैयाँ हात पारेको छ।

नवौं राष्ट्रिय खेलकुद पश्चात ह्याण्डबलको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा मानिएको यस टूर्नामेन्टमा ८ टोलीले सहभागिता जनाएका थिए। प्रतियोगिता १२ गतेदेखि १४ गतेसम्म चलेको थियो। आयोजक गण्डकी प्रदेशसहित बागमति, मधेश, लुम्बिनी, कर्णाली प्रदेश र विभागीय क्लब एपिएफ तथा आर्मीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिता लिग कम नकआउट विधिबाट संचालन गरिएको थियो।

सेमिफाइनल खेलमा एपिएफले कोशी प्रदेशलाई २३–२ को स्पष्ट गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो भने आर्मीले गण्डकी प्रदेशलाई २१–१२ ले हराएर फाइनलमा पुगेको थियो। तेस्रो स्थानको खेलमा कोशीले गण्डकी प्रदेशलाई ११–५ ले पराजित गर्दै ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। सान्त्वना पुरस्कार गण्डकी प्रदेशले २० हजार रुपैयाँ प्राप्त गर्‍यो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको सम्मान त्रिभुवन आर्मीकी दुर्गा बोहोरा र उत्कृष्ट गोलरक्षकको पुरस्कार एपिएफकी संगीता चौधरीले हात पारेकी छन्। साथै एपिएफका शुशिल अधिकारी उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।

पुरस्कार वितरण कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, ह्याण्डबलका पूर्व मुख्य प्रशिक्षक हिमाल दाहाल, एपिएफ नं ४ बाहिनीपति डिआइजी दीपेन्द्र शाह, वुल्समेन क्लबका सचिव उदिम गुरूङ, भूपू खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरूङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरूङलगायतले नगद, मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए।

प्रतियोगिताको प्रवद्र्धक प्रदेश खेलकुद परिषद् गण्डकी रहेको थियो भने सह–प्रायोजक बुल्समेन क्लब र प्राविधिक सहयोग जिल्ला ह्याण्डबल संघ कास्कीले गरेको थियो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल