Skip to main content

Elite News Nepal

कलाकार सुलेमान शंकर (ईकु) पक्राउ: विदेश पठाउने बहानामा रकम ठगी।

Advertisement

काठमाडौं – कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ धुमबाराही बस्ने ललितपुर धापाखेल घर भएका ४० वर्षीय सुलेमान शंकर (ईकु) भन्ने सूर्यमान शंकरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

Advertisement: SNAP EDUCATION AND VISA CENTER

 

उनीले एसएमएस फिल्म्स प्रालिको नाममा ग्लोबल आइएमई बैंकको खातामा पीडितहरूबाट प्रति व्यक्ति १५ देखि २० लाख रूपैयाँ सम्म जम्मा गर्न लगाएर सम्पर्कविहीन भएका थिए। केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं हात्तीगौंडाबाट पक्राउ गरेको हो।

 

Advertisement

 

सुलेमान शंकर (ईकु) फिल्म जगतमा एक सफल कलाकारका रूपमा चिनिन्छन्। नेपाली दर्शकहरूले मन पराएका हाँस्य टेलिश्रृंखला “मेरी बास्सै” मा ईकु नामक भूमिकाका लागि उनले व्यापक लोकप्रियता प्राप्त गरेका थिए।

 

Advertisement

 

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

 

श्रोत: नेपाल प्रहरी

 

Follow Elite News at 

Facebook: https://www.facebook.com/profile.php?id=61562033017398                                                                                                             Instagram: https://www.instagram.com/elitenewsnepal/                                                                                                                                          YouTube: https://www.youtube.com/@elitenewsnepal

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल