Skip to main content

Elite News Nepal

सूचना प्रबिधि

फिफा २०२६ विश्व कपका लागि पहिलो पटक होस्पिटालिटी डिपोजिट कार्यक्रम सुरू

फिफा २०२६ विश्व कपका लागि पहिलो पटक होस्पिटालिटी डिपोजिट कार्यक्रम सुरू

६ मंसिर काठमाडौं। फुटबलका प्रेमीहरूले अब फिफा विश्व कप २०२६ का लागि विशिष्ट होस्पिटालिटी प्याकेजहरूमा प्राथमिक पहुँच सुरक्षित गर्ने अवसर पाएका छन्, जसको लागि पहिलो पटक होस्पिटालिटी डिपोजिट कार्यक्रम सुरू गरिएको छ। यो अनौठो पहलले उत्साहीहरूलाई अमेरिकी डलर ५०० देखि सुरु हुने पूर्ण रूपमा रिफन्डेबल डिपोजिट भौचर किनेर २०२५ को सुरुआतमा होस्पिटालिटी बिक्री सुरु हुने बेलामा प्राथमिक पहुँच सुनिश्चित गर्न अनुमति दिन्छ। फिफा द्वारा आधिकारिक होस्पिटालिटी प्रदायकका रूपमा नियुक्त भएको अन लोकेशनले यस कार्यक्रमको व्यवस्थापन गर्नेछ। यस कार्यक्रमले प्रशंसकहरूलाई विश्वका सबैभन्दा ठूलो फुटबल इभेन्टमा आफ्नो स्थान सुनिश्चित गर्ने सुरक्षित र सरल मार्ग दिन्छ। विश्व कप क्यानडा, मेक्सिको र संयुक्त राज्य…
Read More
बुढानीलकण्ठ वडा नं. १० मा बजार अनुगमन: व्यवसाय व्यवस्थापन सुधार गर्न कडा निर्देशन।

बुढानीलकण्ठ वडा नं. १० मा बजार अनुगमन: व्यवसाय व्यवस्थापन सुधार गर्न कडा निर्देशन।

  ३० भाद्र २०८१। बुढानीलकण्ठ नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिँदै आइरहेको छ। आइतबार वडा नं. १० कपन निलोपुलदेखि आकाशेधारा क्षेत्रसम्मका व्यवसायहरूको अनुगमन गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालको नेतृत्वमा भएको अनुगमनले क्षेत्रका पसल, मार्ट, क्याफे, कपडा पसल, र सुनचाँदी व्यवसायहरूको मूल्य, खाद्य वस्तुको गुणस्तर, व्यवसाय दर्ता, र व्यवस्थापन अवस्थाको जाँच गरेको छ।     अनुगमनमा २० वटा व्यवसायहरू समेटिएका थिए, जसमा अधिकांशले व्यवस्थापन र दर्ता प्रक्रियामा कमजोरी देखाएका थिए। खाद्य पसलहरूबाट म्याद नाघेका सामानहरू जफत गरी नष्ट गरिएको र क्याफे तथा मिठाई पसलहरूमा सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ। कर नतिरेकालाई तीन दिनभित्र राजस्व तिर्न र दर्ता नभएकालाई दर्ता…
Read More
क्यानडा पठाइदिन्छु भनी १ करोड ६५ लाख ठगी गर्ने पक्राउ।

क्यानडा पठाइदिन्छु भनी १ करोड ६५ लाख ठगी गर्ने पक्राउ।

काठमाडौँ - जिल्ला रोल्पा, माडी गाउँपालिका वडा नं १ जवाड निवासी हाल काठमाडौँ महानगरपालिका, कलंकी बस्ने २९ वर्षीय रण बहादुर घर्तीले ८ जनालाई बैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका छन्।     घर्तीले पीडितहरूसँग क्यानडामा आकर्षक रोजगारको प्रलोभनमा परेर प्रतिव्यक्ति ३५ लाख रूपैयाँ बुझाउन भनेका थिए। उनले क्यानडामा पुगेपछि मासिक ४ लाख रूपैयाँ तलब हुने गरी कम्पनीमा काम लगाइदिने आश्वासन दिएर विभिन्न समयमा जम्मा १ करोड ६५ लाख रूपैयाँ ठगी गरेको बताइएको छ।     उक्त ठगीको घटनामा लामो समयदेखि फरार रहेका घर्तीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले २०८१ भदौ २४…
Read More
माेवाईल चार्जगर्दा करेन्ट लागेर ८ वर्षिय वालककाे मृत्यु

माेवाईल चार्जगर्दा करेन्ट लागेर ८ वर्षिय वालककाे मृत्यु

तेह्रथुम :तेह्रथुमको  लालिगुरास नगरपालिका–५ दागपामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु भएको छ। गएराति साढे ७ बजे स्थानीय कालुबहादुर लिम्बुको ८ वर्षीय छोरा सुदिप लिम्बुलाई आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका बालकको उपचारको लागि जिल्ला अस्पताल तेह्रथुम ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्लाप्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल