Skip to main content

Elite News Nepal

रौतहटमा १३३ किलो गाँजासहित कार बरामद

Advertisement

रौतहट — रौतहट प्रहरीले लागूऔषध तस्करी प्रयासलाई विफल पार्दै १३३ किलो गाँजासहित एउटा कार बरामद गरेको छ। चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६८९६ नम्बरको कारलाई चेकजाँचका क्रममा रोक्न खोज्दा चालक तीव्र गतिमा भागेका थिए।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार पछ्याइएकाे गाडी गरुडा नगरपालिका–५ को झाझ खोला नजिक करिब २० फिट गहिरो खेतमा फेला परेको हो। गाडी खेतमा पल्टिएको अवस्थामा भेटिएको र सवार व्यक्ति उखुबारी हुँदै फरार भएको जनाइएको छ।

प्रहरीले क्रेनको सहायताले गाडी निकालेर जाँच गर्दा १३३ किलो गाँजा फेला परेको हो। बरामद लागूऔषधसहित गाडी नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीको तत्परता र सतर्कताले ठूलो परिमाणको लागूपदार्थ तस्करी रोक्न सफल भएको छ। फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल