Skip to main content

Elite News Nepal

कोशी प्रदेश

कोशी प्रदेश डजबल संघ संस्थागत यात्रामा

कोशी प्रदेश डजबल संघ संस्थागत यात्रामा

कोशी प्रदेश, विराटनगर । थानेश्वर ढकालको अध्यक्षतामा कोशी प्रदेश डजबल संघ औपचारिक रूपमा कोशी प्रदेश खेलकुद विकास बोर्डमा दर्ता भएको छ। शुक्रबार सम्पन्न संघको प्रथम साधारण सभा तथा निर्वाचनमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रदीप भगतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। ढकालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो। सोमबार एक विशेष समारोहका बीच कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव कृष्ण बस्नेतले नव निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण गरे। यसअघि २०८२ साल जेठ १३ गते कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन भएको थियो। तदर्थ समितिको सक्रियताले संघलाई छोटो समयमा संस्थागत गर्दै दर्तासम्म पुर्‍याएको हो। निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष ढकालसँगै…
Read More
कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन

कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन

विराटनगर- कोशी प्रदेशमा डजबल खेलको संगठनात्मक विकास र विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले १३ सदस्यीय कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन गरिएको छ। थानेश्वर ढकालको संयोजकतामा गठित समितिमा, उपाध्यक्षमा जनार्दन मैनाली र काजी बहादुर कार्की, सचिवमा गोपाल निरौला, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ, र सदस्यहरूमा खगेन्द्र पोखरेल, छिरिङ भोटे, खिलकुमार सुवेदी, प्रेम सुब्बा, भवानी प्रसाद पाठक, विवश प्रधान, रमीला नेपाली र केबलमणि रिजाल रहेका छन्। थानेश्वर ढकालका अनुसार, यस समितिको गठनसँगै डजबल खेलको प्रवर्धन, संरचना विस्तार, र प्रतियोगिता सञ्चालनमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ। कोशी प्रदेशमा डजबललाई विद्यालय, जिल्ला र प्रदेशस्तरमा संस्थागत बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने दिशामा…
Read More
प्रकृति लम्साल प्रकरणमा कोशी प्रदेशसभामा चर्कियो आवाज, सरकारको भूमिकामाथि प्रश्न

प्रकृति लम्साल प्रकरणमा कोशी प्रदेशसभामा चर्कियो आवाज, सरकारको भूमिकामाथि प्रश्न

मोरङ । भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युबारे कोशी प्रदेश सभामा गम्भीर छलफल भएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा सांसद निर्मला लिम्बुले विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि सरकारको स्पष्ट कूटनीतिक नीति आवश्यक रहेको बताइन्। उनले भनिन्, "विद्यार्थीहरू परिवारको सम्पत्ति धितो राखेर विदेश पढ्न जान्छन्। तर, उनीहरूको सुरक्षाका लागि सरकारले के पहल गरिरहेको छ?" त्यस्तै, राप्रपा सांसद गोपाल बहादुर विश्वकर्माले घटनापछि सरकारले कूटनीतिक तहबाट प्रभावकारी पहल नगरेको आरोप लगाए। उनले भने, "आफ्ना विद्यार्थीको सुरक्षामा सरकार किन मौन छ? परिवार समस्यामा पर्दा सरकार कानमा तेल हालेर बस्ने प्रवृत्ति बन्द हुनुपर्छ।"…
Read More
कोशी प्रदेशसभा सचिव पदको जिम्मेवारी गौतमराज अमात्यलाई

कोशी प्रदेशसभा सचिव पदको जिम्मेवारी गौतमराज अमात्यलाई

इटहरी। कोशी प्रदेश सभाका प्रवक्ता गौतमराज अमात्यलाई कोशी प्रदेशसभाको कायममुकायम (कामु) सचिवको जिम्मेवारी दिइएको छ। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि, सभामुख अम्बरबहादुर विष्टले अमात्यलाई उपसचिवबाट कामु सचिवको जिम्मेवारी दिएका हुन्। बिहीबारको प्रदेशसभा बैठकमा अमात्यले सचिवको जिम्मेवारी निर्वाह गरेका छन्। पराजुलीले पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्दा अनियमितता गरेको मुद्दामा दोषी ठहरिएपछि उनको पद खोसिएको हो। निजामति सेवाबाट अवकास लिएका अमात्य २०७६ साल वैशाख १२ गते कोशी प्रदेशसभाको सचिव नियुक्त भएका थिए। त्यसपछि २०८१ वैशाख ९ गतेदेखि दोस्रो कार्यकालका लागि पराजुली सचिव नियुक्त भएका थिए। यसैबीच, कोशी प्रदेशसभाको बिहीवारको बैठकमा कोशी प्रदेश खानेपानी र सरसफाइ सम्बन्धी व्यवस्थापन विधेयकको…
Read More
APF FC Wins ANFA Women’s League 2081 with a Big Victory

APF FC Wins ANFA Women’s League 2081 with a Big Victory

January 29, Kathmandu. APF Football Club has won the ANFA Women’s League 2081 title after a 4-0 victory over Nepal Police Club in the final match at Dasharath Stadium on Wednesday. Sabita Rana Magar scored two goals, while Saru Limbu and Anu Lama each added one, securing a dominant win for APF FC. Foreign Minister Arju Rana Deuba attended the closing ceremony as the chief guest. The final was also emotional as Anu Lama, a legend of Nepali women’s football, announced her retirement after 20 years in the sport. She made her last appearance as a substitute and, within minutes…
Read More
नेपालमा CAVA पुरुष भलिबल क्लब च्याम्पियनसिप २०८१ आयोजना हुने

नेपालमा CAVA पुरुष भलिबल क्लब च्याम्पियनसिप २०८१ आयोजना हुने

काठमाडौं– नेपाल भलिबल संघको आयोजनामा आगामी मंसिर २२ देखि २९ गतेसम्म  CAVA पुरुष भलिबल क्लब च्याम्पियनसिप २०८१ त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा आयोजना हुने भएको छ। सेन्ट्रल एसियान भलिबल संघको संयोजनमा हुने यस प्रतियोगितामा नेपाल, इरान, भारत र माल्दिभ्स चार देशका पाँच क्लबहरूको सहभागिता रहनेछ। प्रतियोगितामा ईरानको चादौर मालो क्लब, भारतको क्यालिकट हिरोज, माल्दिभ्सको एच.डी.सी क्लब, र नेपालको गण्डकी प्रदेश टिम तथा हेल्प नेपाल स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछन्। नेपाल भलिबल संघका अनुसार, यस प्रतियोगिताको कुल बजेट १ करोड नेपाली रुपैयाँ रहेको छ। राष्ट्रिय खेलकुद परिषदले प्रतियोगिताका लागि २५ लाख नेपाली रुपैयाँ अनुदान गरेको छ। बाँकी रकम संघका सदस्यहरू र प्रायोजकमार्फत…
Read More
मोरङ र बर्दियामा जुवातास खेलिरहेका १३ जना पक्राउ।

मोरङ र बर्दियामा जुवातास खेलिरहेका १३ जना पक्राउ।

३० भाद्र २०८१, काठमाडौं। प्रहरी प्रशासनले जुवातास नियन्त्रणका लागि ठूलो सफलता प्राप्त गरेको छ। मोरङ र बर्दिया जिल्लामा छुट्टाछुट्टै अपरेशन गर्दै प्रहरीले १३ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। यी घटनाहरूले समाजमा बढ्दै गरेको गैरकानुनी क्रियाकलापमाथि कडा निगरानी आवश्यक रहेको देखाएको छ।     मोरङको कटहरा टोलमा ठूलो रकमसहित ९ जना पक्राउ मोरङ जिल्लाको ग्रामथान गाउँपालिका-४ स्थित कटहरा टोलमा रहेको बाँसघारीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट नगद १८ लाख ५१ हजार ५ सय रूपैयाँसहित १६ थान कौडा, १२ बुक तास, र १५ वटा मोबाइल बरामद गरेको छ। पक्राउ परेकाहरूमा स्थानीय ५५ वर्षीय अहिलाल…
Read More
कलाकार सुलेमान शंकर (ईकु) पक्राउ: विदेश पठाउने बहानामा रकम ठगी।

कलाकार सुलेमान शंकर (ईकु) पक्राउ: विदेश पठाउने बहानामा रकम ठगी।

काठमाडौं – कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ धुमबाराही बस्ने ललितपुर धापाखेल घर भएका ४० वर्षीय सुलेमान शंकर (ईकु) भन्ने सूर्यमान शंकरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।   उनीले एसएमएस फिल्म्स प्रालिको नाममा ग्लोबल आइएमई बैंकको खातामा पीडितहरूबाट प्रति व्यक्ति १५ देखि २० लाख रूपैयाँ सम्म जम्मा गर्न लगाएर सम्पर्कविहीन भएका थिए। केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं हात्तीगौंडाबाट पक्राउ गरेको हो।     सुलेमान शंकर (ईकु) फिल्म जगतमा एक सफल कलाकारका रूपमा चिनिन्छन्। नेपाली दर्शकहरूले मन पराएका हाँस्य टेलिश्रृंखला "मेरी बास्सै" मा ईकु नामक भूमिकाका लागि उनले व्यापक…

नेपाल क्रिकेट संघले NPL 2024 का लागि परामर्श सेवाहरूको बोलपत्र आह्वान गरेको छ। ।

नेपाल क्रिकेट संघले NPL 2024 का लागि परामर्श सेवाहरूको बोलपत्र आह्वान गरेको छ। ।

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले २०२४ को नेपाल प्रिमियर लिग (NPL) सिजनको तयारीलाई थप प्रभावकारी बनाउनका लागि महत्वपूर्ण निर्णय लिएको छ। यस निर्णय अन्तर्गत क्यानले लिगको आयोजनालाई व्यवस्थित रूपमा अघि बढाउन "घटना रणनीति र मार्केटिङ परामर्शदाता" सेवाका लागि इच्छुक र योग्य फर्महरूबाट बोलपत्र आह्वान गरेको छ।   क्यानले लिग आयोजनाको लागत व्यवस्थापन गर्न कोष विनियोजन गरेको छ, जसको एक हिस्सा योग्य परामर्श सेवाहरूमा खर्च गरिनेछ। परामर्शदाताले नेपाल प्रिमियर लिग (NPL) २०२४ को सम्पूर्ण रणनीति निर्माण, घटनाको सफल सञ्चालन, र मार्केटिङ योजनाको जिम्मेवारी लिनेछन्, जसले लिगलाई अझ आकर्षक र सफल बनाउने अपेक्षा गरिएको छ।     फर्महरूको छनोटका लागि गुणस्तर आधारित…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल