24
Feb
काठमाडौं। नेपाल कराते महासंघले बेलायतमा सक्रिय सामाजिक संस्था तमु धि युकेलाई सम्मान प्रदान गरेको छ । तमु धि युकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ तथा महासचिव डा. विशाल गुरुङको नेपाल बसाइको क्रममा महासंघले औपचारिक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । बेलायतमा बसोबास गर्दै आएका तमु धि युकेका प्रतिनिधिहरूले नेपाली खेलकुदको विकास तथा विभिन्न परोपकारी कार्यमा निरन्तर योगदान पु¥याउँदै आएका छन् । सोही योगदानको कदर गर्दै महासंघले सम्मान अर्पण गरेको जनाएको छ । कार्यक्रममा नेपालका लागि ऐतिहासिक पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई नगदसहित सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा नेपाल कराते महासंघका महासचिव दावा गुरुङ, वरिष्ठ कराते प्रशिक्षक महेशकुमार श्रेष्ठ, प्रमुख…
