Skip to main content

Elite News Nepal

प्रकृति लम्साल प्रकरणमा कोशी प्रदेशसभामा चर्कियो आवाज, सरकारको भूमिकामाथि प्रश्न

Advertisement

मोरङ । भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युबारे कोशी प्रदेश सभामा गम्भीर छलफल भएको छ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा सांसद निर्मला लिम्बुले विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि सरकारको स्पष्ट कूटनीतिक नीति आवश्यक रहेको बताइन्। उनले भनिन्, “विद्यार्थीहरू परिवारको सम्पत्ति धितो राखेर विदेश पढ्न जान्छन्। तर, उनीहरूको सुरक्षाका लागि सरकारले के पहल गरिरहेको छ?”

त्यस्तै, राप्रपा सांसद गोपाल बहादुर विश्वकर्माले घटनापछि सरकारले कूटनीतिक तहबाट प्रभावकारी पहल नगरेको आरोप लगाए। उनले भने, “आफ्ना विद्यार्थीको सुरक्षामा सरकार किन मौन छ? परिवार समस्यामा पर्दा सरकार कानमा तेल हालेर बस्ने प्रवृत्ति बन्द हुनुपर्छ।”

विद्यार्थीको स्वदेश फिर्तीपछि पूर्वाञ्चल विश्वविद्यालयको नयाँ नीति

भुवनेश्वरस्थित होस्टलमा बस्दै बी-टेक तेस्रो वर्ष अध्ययन गरिरहेकी बुटवलकी प्रकृति लम्साल गत आइतबार मृत अवस्थामा फेला परेकी थिइन्। परिवारले उनको शव नेपाल ल्याएर अन्त्येष्टि गरिसकेको छ।

यस घटनापछि ठूलो संख्यामा नेपाली विद्यार्थी स्वदेश फर्किरहेका बेला पूर्वाञ्चल विश्वविद्यालयले अध्ययन अधुरो छोडेर फर्किएका विद्यार्थीहरूको शिक्षालाई निरन्तरता दिने घोषणा गरेको छ।

विश्वविद्यालयले एक सूचना जारी गर्दै भनेको छ, “विदेशमा अध्ययन गर्न गएका विद्यार्थीहरू कुनै विशेष कारणले अध्ययन पूरा नगरी फर्किएमा, उनीहरूको क्रेडिट ट्रान्सफर गरी अध्ययन निरन्तरता दिन सकिन्छ।”

विद्यार्थीहरूलाई विदेशमा आर्जन गरेको क्रेडिटलाई विश्वविद्यालयले अध्यापन गराइरहेका विभिन्न कार्यक्रमहरूसँग समायोजन गरी अध्ययन पूरा गर्ने अवसर दिने व्यवस्था मिलाइएको विश्वविद्यालयले जनाएको छ।

सरकारको भूमिका के?

विद्यार्थीहरूको सुरक्षाका लागि सरकारको कूटनीतिक पहल कत्तिको प्रभावकारी छ भन्ने प्रश्न उठिरहेका बेला यस घटनाले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा, मनोवैज्ञानिक सहयोग तथा नीति निर्माणमा गम्भीर छलफलको आवश्यकता देखिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल