Skip to main content

Elite News Nepal

कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन

Advertisement

विराटनगर- कोशी प्रदेशमा डजबल खेलको संगठनात्मक विकास र विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले १३ सदस्यीय कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन गरिएको छ।

थानेश्वर ढकालको संयोजकतामा गठित समितिमा, उपाध्यक्षमा जनार्दन मैनाली र काजी बहादुर कार्की, सचिवमा गोपाल निरौला, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ, र सदस्यहरूमा खगेन्द्र पोखरेल, छिरिङ भोटे, खिलकुमार सुवेदी, प्रेम सुब्बा, भवानी प्रसाद पाठक, विवश प्रधान, रमीला नेपाली र केबलमणि रिजाल रहेका छन्।

थानेश्वर ढकालका अनुसार, यस समितिको गठनसँगै डजबल खेलको प्रवर्धन, संरचना विस्तार, र प्रतियोगिता सञ्चालनमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ। कोशी प्रदेशमा डजबललाई विद्यालय, जिल्ला र प्रदेशस्तरमा संस्थागत बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने दिशामा समिति निर्णायक भूमिका खेल्ने विश्वास लिइएको छ।

उक्त समितिलाई तीन महिनाभित्र अधिवेशन सम्पन्न गरी पूर्ण समिति निर्माण गर्ने जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल