Skip to main content

Elite News Nepal

कोशी प्रदेशसभा सचिव पदको जिम्मेवारी गौतमराज अमात्यलाई

Advertisement

इटहरी। कोशी प्रदेश सभाका प्रवक्ता गौतमराज अमात्यलाई कोशी प्रदेशसभाको कायममुकायम (कामु) सचिवको जिम्मेवारी दिइएको छ। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि, सभामुख अम्बरबहादुर विष्टले अमात्यलाई उपसचिवबाट कामु सचिवको जिम्मेवारी दिएका हुन्।

बिहीबारको प्रदेशसभा बैठकमा अमात्यले सचिवको जिम्मेवारी निर्वाह गरेका छन्। पराजुलीले पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्दा अनियमितता गरेको मुद्दामा दोषी ठहरिएपछि उनको पद खोसिएको हो।

निजामति सेवाबाट अवकास लिएका अमात्य २०७६ साल वैशाख १२ गते कोशी प्रदेशसभाको सचिव नियुक्त भएका थिए। त्यसपछि २०८१ वैशाख ९ गतेदेखि दोस्रो कार्यकालका लागि पराजुली सचिव नियुक्त भएका थिए।

यसैबीच, कोशी प्रदेशसभाको बिहीवारको बैठकमा कोशी प्रदेश खानेपानी र सरसफाइ सम्बन्धी व्यवस्थापन विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ खानेपानी, सिंचाइ र उर्जा मन्त्री एकराज कार्की र प्रदेश भवन ऐन २०७६ संशोधन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले दिएका छन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल