Skip to main content

Elite News Nepal

कोशी प्रदेश डजबल संघ संस्थागत यात्रामा

Advertisement

कोशी प्रदेश, विराटनगर ।
थानेश्वर ढकालको अध्यक्षतामा कोशी प्रदेश डजबल संघ औपचारिक रूपमा कोशी प्रदेश खेलकुद विकास बोर्डमा दर्ता भएको छ। शुक्रबार सम्पन्न संघको प्रथम साधारण सभा तथा निर्वाचनमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रदीप भगतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। ढकालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

सोमबार एक विशेष समारोहका बीच कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव कृष्ण बस्नेतले नव निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण गरे। यसअघि २०८२ साल जेठ १३ गते कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन भएको थियो। तदर्थ समितिको सक्रियताले संघलाई छोटो समयमा संस्थागत गर्दै दर्तासम्म पुर्‍याएको हो।

निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष ढकालसँगै उपाध्यक्ष जनार्दन मैनाली र काजी बहादुर कार्की, सचिव गोपाल निरौला, कोषाध्यक्ष प्रकाश श्रेष्ठ रहेका छन्। त्यस्तै सदस्यमा खगेन्द्र पोखरेल, छिरिङ भोटे, खिलकुमार सुबेदी, प्रेम सुब्बा, भवानीप्रसाद पाठक, विवश प्रधान, रमिला नेपाली र केवलमणि रिजाल चयन भएका छन्।

अध्यक्ष ढकालले संघलाई सबल र प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गर्दै, “डजबल खेललाई प्रदेशमै मात्र होइन, राष्ट्रियस्तरमा प्रभावकारी रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हुनेछ,” भनेका छन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल