02
Feb
माघ २०, २०८१. काठमाडौं – महिला टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलाको चौथो खेलमा नेपालले नेदरल्याण्ड्ससँग १५ रनको हार बेहोरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा १४०/९ रन बनायो। जवाफमा नेपालले १२५/८ रन मात्र बनाउन सफल भयो। नेदरल्याण्ड्सका कप्तान बाबेटे डे लीडेले उत्कृष्ट प्रदर्शन गर्दै ३८ बलमा ४१ रन बनाइन्। फिबे मोल्केनबोर ले २१ रन, रोबिन रिज्के ले २१ रन र हेदर स्लेजर्स ले २६ रन ले टिमलाई बलियो स्कोरसम्म पुर्याए। नेपालका बलरहरू मध्ये सीता राना मगर चम्किइन्, जसले ३ ओभरमा मात्र १२ रन खर्चेर ५ विकेट लिइन्। मनिषा उपाध्यायले २ विकेट लिँदा, इन्दु बर्मा र कबिता जोशीले समान…
