Skip to main content

Elite News Nepal

नेपाल

हिमालयन डुओ चेसमा नाइटमेर कजिन्सको अविस्मरणीय विजय

हिमालयन डुओ चेसमा नाइटमेर कजिन्सको अविस्मरणीय विजय

काठमाडौं – हिमालयन चेस एकेडेमीले आयोजित ‘हिमालयन डुओ’ र्यापिड चेस प्रतियोगितामा नाइटमेर कजिन्सका सुजन काफ्ले र सविन खतिवडाले उपाधि जितेका छन्। उनीहरूले पाँच राउन्डमा शतप्रतिशत जितसहित १० अंक जोडेर पहिलो स्थान हासिल गरे। यद्यपि यो व्यक्तिगत खेल हो, चेसमा सामूहिक भावना बलियो बनाउनका लागि आयोजना गरिएको यस एक दिने प्रतियोगितामा दोस्रो स्थान गोथम नाइट्सको प्रवीर केसी र अनमोल राईको टिमले जिते, जसले ७ अंक जोडेका थिए। यस प्रतियोगितामा प्रत्येक खेलमा २ अंक र बराबरीमा १ अंक प्राप्त गर्न सकिन्थ्यो। स्वीस प्रणालीअनुसार ५ राउन्डमा सम्पन्न प्रतियोगितामा समय सीमा १० मिनेट र १० सेकेन्ड इन्क्रिमेन्ट राखिएको थियो। नाइट्स ग्याम्बिट टिमले ६ अंकसहित…
Read More
अशोक खड्का जी–टु बुल्गेरिया ओपनमा निर्णायक

अशोक खड्का जी–टु बुल्गेरिया ओपनमा निर्णायक

काठमाडौं – नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का वर्ल्ड ¥याङकिङ जी–टु बुल्गेरिया ओपनमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्। प्रतियोगिता मार्च १ देखि ३ तारिखसम्म बुल्गेरियाको राजधानी सोफियामा हुँदैछ। यसका लागि खड्का बिहीबार बुल्गेरिया प्रस्थान गर्दैछन्। बुल्गेरिया ओलम्पिक कमिटी, बुल्गेरिया तेक्वान्दो फेडेरेसन र विश्व तेक्वान्दोको संयुक्त आयोजनामा हुने यो प्रतिष्ठित जी–टु स्तरको प्रतियोगिता मा करिब १,७०० खेलाडीको सहभागिता रहनेछ, जसमा ओलम्पियन र वर्ल्ड च्याम्पियन खेलाडीहरू पनि प्रतिस्पर्धा गर्नेछन्। खड्का ग्यारोगी (फाइटिङ) र पुम्से (फर्म) दुवै विधामा निर्णायकका रूपमा रहनेछन्। नेपालका ग्यारोगी तथा पुम्से दुवै विधामा दोस्रो श्रेणीका अन्तर्राष्ट्रिय निर्णायक रहेका उनी पारा रेफ्री कोर्स पूरा गर्ने कम नेपाली तेक्वान्दो कर्मीमध्ये एक…
Read More
‘लाज शरणम्’ सेन्सर पास, महाशिवरात्रिमा धमाकेदार प्रदर्शन

‘लाज शरणम्’ सेन्सर पास, महाशिवरात्रिमा धमाकेदार प्रदर्शन

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘लाज शरणम्’ सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्रलाई ‘युनिभर्सल सर्टिफिकेट’ दिँदै सबै उमेर समूहका दर्शकका लागि उपयुक्त ठहर गरेको छ। यसअघि उच्च अदालत पाटनमा परेको मुद्दाले चलचित्रको प्रदर्शन अन्योलमा परेको थियो। पूर्वमन्त्री मोहम्मद अफताब आलमले चलचित्रमा आफ्नो चरित्रलाई तोडमोड गरी प्रस्तुत गरिएको दाबी गर्दै अदालतमा अन्तरिम आदेश मागेका थिए। अदालतले चलचित्रको स्क्रिप्ट र श्रव्यदृश्य अध्ययन गर्ने आदेश दिएपछि प्रदर्शन मिति अन्यौलमा परेको थियो। तर, सेन्सर बोर्डको स्वीकृतिपछि अब चलचित्र पूर्वनिर्धारित मितिमा नै प्रदर्शन हुने निश्चित भएको छ। ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’…
Read More
फाइनल यात्रा तय गरिसकेको नेपाल आज म्यानमारसँग खेल्दै

फाइनल यात्रा तय गरिसकेको नेपाल आज म्यानमारसँग खेल्दै

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे हुने यो खेल लिग चरणको अन्तिम खेल हुनेछ। नेपालले यसअघि किर्गिस्तान र लेबनानलाई समान १-० गोल अन्तरले पराजित गर्दै फाइनल स्थान सुरक्षित गरिसकेको छ। अन्तिम खेल अघि नै फाइनल यात्रा तय गरिसकेकाले नेपालका लागि यो खेल दबाबमुक्त रहनेछ। तर, म्यानमार भने नेपालका लागि कठिन प्रतिद्वन्द्वी साबित हुँदै आएको छ। अहिलेसम्म खेलेका चार खेलमध्ये नेपालले तीन खेल गुमाएको छ भने एक खेल बराबरीमा टुंगिएको थियो। यसपटक घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल म्यानमारविरुद्धको रेकर्ड सुधार्ने लक्ष्यमा हुनेछ। फाइनल अघि आत्मविश्वास थप मजबुत बनाउने अवसर भएकाले…
Read More
नेपालले भारतलाई पराजित गर्दै थ्री बाई थ्री बास्केटबल च्याम्पियनसिपको उपाधि जित्यो

नेपालले भारतलाई पराजित गर्दै थ्री बाई थ्री बास्केटबल च्याम्पियनसिपको उपाधि जित्यो

काठमाडौं । नेपालले उत्कृष्ट प्रदर्शन गर्दै थ्री बाई थ्री अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाउन सफल भएको छ । शनिबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको रोमाञ्चक फाइनल खेलमा नेपालले भारतलाई २१–१७ को अन्तरले पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्यो । विजय बुर्जाको कप्तानीमा रहेको नेपाली टोलीले प्रतियोगिताभर प्रभावशाली खेल प्रदर्शन गर्यो । कप्तान विजयसँगै मनिष केसी, निश्चल महर्जन र निकेश राखल मगरको उत्कृष्ट समन्वयले नेपाललाई च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान दियो । व्यक्तिगत रूपमा पनि उत्कृष्ट प्रदर्शन गरेका निकेश राखल मगर प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले पुरस्कारस्वरूप २५० अमेरिकी डलर प्राप्त गरे । विजेता नेपालले १,२०० अमेरिकी डलर पुरस्कार हात…
Read More
नेपालले पहिलो खेलमा इतिहास दोहोर्याउला कि नयाँ चुनौती सामना गर्ला?

नेपालले पहिलो खेलमा इतिहास दोहोर्याउला कि नयाँ चुनौती सामना गर्ला?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सोमबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुने यस प्रतिष्ठित प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तानको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी टिमहरू सबै नेपाल आइसकेका छन्, र उद्घाटन खेलमा नेपालले किर्गिस्तानको सामना गर्नेछ। नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङका अनुसार किर्गिस्तान बलियो टोली भएकाले नेपालका लागि चुनौतीपूर्ण खेल हुने छ। उनले भने, "६ वर्षअघि किर्गिस्तानविरुद्ध ८-२ को सहज जित निकालेका थियौं, तर अहिले उनीहरूको फुटबलको स्तर सुधारिएको छ। हाम्रो टिमको मुख्य बलियो पक्ष भनेको संरचनागत खेल हो, जसलाई मजबुत बनाउँदै जित निकाल्ने योजना छ।"…
Read More
प्रचण्डको भ्रष्टाचारविरुद्ध अभियान: निरन्तर अघि बढ्ने प्रतिबद्धता

प्रचण्डको भ्रष्टाचारविरुद्ध अभियान: निरन्तर अघि बढ्ने प्रतिबद्धता

झापा– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सदन र सडकको माध्यमबाट यो अभियानलाई अझ तीव्र बनाउने बताएका छन्। दमक नगर समिति झापाको दोस्रो अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, “मैले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा भ्रष्टाचारविरुद्धको युद्ध लड्ने नयाँ सङ्कल्प लिएको थिएँ। अब यो पार्टी र जनताको अभियान बनेको छ र यसलाई देशभर फैलाउनेछौं।” प्रचण्डले सरकारको नेतृत्व गर्दै भ्रष्टाचार, विभेद, र सामाजिक न्यायका पक्षमा अभियान थालेको स्मरण गर्दै भने, “मैले जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरें, अब समाजवादी क्रान्तिका लागि नयाँ अभियान सुरु गर्नेछौं।” उनले नेपालको…
Read More
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १५ फेब्रुअरी २०२५ – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ। युरोपियन युरोको खरिददर १४५ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङको खरिददर १७४ रूपैयाँ ४० पैसा र बिक्रीदर १७५ रूपैयाँ १५ पैसा तय गरिएको छ। त्यसैगरी, स्विस फ्र्याङ्कको खरिददर १५३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ३४ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा, अष्ट्रेलियन डलरको खरिददर ८७ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८८…
Read More
प्रेम दिवसको सही अर्थ: युवा र कलाकारहरूको विचार

प्रेम दिवसको सही अर्थ: युवा र कलाकारहरूको विचार

काठमाडौं, १४ फेब्रुअरी – नेपालमा आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवसको उल्लास छ। यो दिन विशेषगरी युवावर्गले उत्सवको रुपमा मनाउने गरेका छन्, जहाँ प्रेमी-प्रेमिकाले एकअर्कालाई उपहार दिएर माया व्यक्त गर्ने र प्रेम प्रस्ताव राख्ने प्रचलन छ। यद्यपि, भ्यालेन्टाइन डे केवल प्रेमी जोडीहरूको लागि मात्र नभई परिवारसँग माया साटासाट गर्ने अवसरका रुपमा पनि लिइन्छ, भन्दै मिस नेपाल एवम् नायिका नम्रता श्रेष्ठले यसको महत्वलाई नयाँ दृष्टिकोणबाट व्याख्या गर्नुभयो। नम्रता श्रेष्ठका अनुसार, प्रेम दिवस मनाउने परम्परा पछिल्लो समय परसंस्कृतिका कारण विकृति र भ्रमको शिकार भएको छ। उनले भने, "प्रेम दिवस भनेको केवल प्रेमी-प्रेमिकाले मात्रै मनाउने होइन, यो परिवारसँग माया साट्ने अवसर पनि हो।"…
Read More
नेशनल हाईस्कुल च्याम्पियनसिप बुधबारदेखि सुरु

नेशनल हाईस्कुल च्याम्पियनसिप बुधबारदेखि सुरु

काठमाडौं । ई–प्लानेटको मुख्य प्रायोजनमा देशव्यापी रूपमा आयोजना हुँदै आएको नेशनल हाईस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल माघ २३ गते बुधबारदेखि माघ २६ गते शनिबारसम्म लोअर मुलपानी क्रिकेट ग्राउन्डमा सञ्चालन हुने भएको छ। आयोजक संस्थाले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराएको थियो। फाइनलमा देशभरका सात क्षेत्रीय विजेता तथा काठमाडौं छनोटको उपविजेता टिम गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतिस्पर्धी टिमहरूमा अर्किड कलेज, आस्था कलेज, मोनास्टिक कलेज, प्यारामाउन्ट कलेज, कास्की मोडर्नाइज्ड, वेस्टर्न क्रिस्टल एकेडेमी, शिक्षान्तर कलेज, र हिमालय एकेडेमी छन्। आयोजकका अनुसार विभिन्न कठिनाइका कारण सुर्खेत छनोट आयोजना हुन सकेन। हाइप येति इभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा टुर्नामेन्ट डाइरेक्टर रवीन्द्र गुप्ता र…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल