Skip to main content

Elite News Nepal

नेपालले भारतलाई पराजित गर्दै थ्री बाई थ्री बास्केटबल च्याम्पियनसिपको उपाधि जित्यो

Advertisement

काठमाडौं । नेपालले उत्कृष्ट प्रदर्शन गर्दै थ्री बाई थ्री अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाउन सफल भएको छ । शनिबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको रोमाञ्चक फाइनल खेलमा नेपालले भारतलाई २१–१७ को अन्तरले पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्यो ।

विजय बुर्जाको कप्तानीमा रहेको नेपाली टोलीले प्रतियोगिताभर प्रभावशाली खेल प्रदर्शन गर्यो । कप्तान विजयसँगै मनिष केसी, निश्चल महर्जन र निकेश राखल मगरको उत्कृष्ट समन्वयले नेपाललाई च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान दियो । व्यक्तिगत रूपमा पनि उत्कृष्ट प्रदर्शन गरेका निकेश राखल मगर प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले पुरस्कारस्वरूप २५० अमेरिकी डलर प्राप्त गरे ।

विजेता नेपालले १,२०० अमेरिकी डलर पुरस्कार हात पारेको छ भने उपविजेता भारतले ४०० डलरमा चित्त बुझाएको छ । फ्रिडम ग्लोबल नेटवर्क र राइभल नेसन्सको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपाल, भारत र पाकिस्तानका टिमहरूले सहभागिता जनाएका थिए ।

डबल राउन्ड रोबिन प्रारूपमा शुक्रबार र शनिबार सम्पन्न खेलहरूमा नेपाल र भारत शीर्ष दुई स्थानमा रहँदै फाइनलमा प्रवेश गरेका थिए । उपाधि विजेता नेपाली टोलीलाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङलगायतका अतिथिहरूले पुरस्कृत गरेका थिए ।

नेपालको यस जितले देशको बास्केटबल क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल