Skip to main content

Elite News Nepal

प्रेम दिवसको सही अर्थ: युवा र कलाकारहरूको विचार

Advertisement

काठमाडौं, १४ फेब्रुअरी – नेपालमा आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवसको उल्लास छ। यो दिन विशेषगरी युवावर्गले उत्सवको रुपमा मनाउने गरेका छन्, जहाँ प्रेमी-प्रेमिकाले एकअर्कालाई उपहार दिएर माया व्यक्त गर्ने र प्रेम प्रस्ताव राख्ने प्रचलन छ। यद्यपि, भ्यालेन्टाइन डे केवल प्रेमी जोडीहरूको लागि मात्र नभई परिवारसँग माया साटासाट गर्ने अवसरका रुपमा पनि लिइन्छ, भन्दै मिस नेपाल एवम् नायिका नम्रता श्रेष्ठले यसको महत्वलाई नयाँ दृष्टिकोणबाट व्याख्या गर्नुभयो।

नम्रता श्रेष्ठका अनुसार, प्रेम दिवस मनाउने परम्परा पछिल्लो समय परसंस्कृतिका कारण विकृति र भ्रमको शिकार भएको छ। उनले भने, “प्रेम दिवस भनेको केवल प्रेमी-प्रेमिकाले मात्रै मनाउने होइन, यो परिवारसँग माया साट्ने अवसर पनि हो।” उनले भ्यालेन्टाइन डे मनाउने सन्देश दिँदै थप भनिन्, “यस दिनका राम्रा र नराम्रा पक्षहरू भएपनि सबैले यसको सन्तुलन र नियन्त्रण गर्नुपर्छ।”

नायक तथा निर्माता सलोन बस्नेतले पनि प्रेम दिवस मनाउने आफ्नो अनुभव साझा गर्दै यस दिनलाई सकारात्मक तरिकामा मनाउनुपर्ने कुरामा जोड दिएका छन्। उनले भने, “प्रेम दिवसलाई राम्रो तरिकाले मनाउँदा माया अझ गाढा र स्थिर बन्ने अवसर पाउँछौं।”

यस दिनको बारेमा गुनासो आउने कुरा स्वीकार गर्दै पनि, दुवै कलाकारहरूले भ्यालेन्टाइन डे मनाउने सन्देशलाई सन्तुलित र प्रेमको साँचो अर्थमा ल्याउनुपर्ने कुरा बताएका छन्। यो दिवसलाई केवल व्यावसायिक फाइदा लिने अवसरको रूपमा नभई, माया र स्नेहको साँचो उत्सव बनाउने सन्देश दिइएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल