Skip to main content

Elite News Nepal

अशोक खड्का जी–टु बुल्गेरिया ओपनमा निर्णायक

Advertisement

काठमाडौं – नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का वर्ल्ड ¥याङकिङ जी–टु बुल्गेरिया ओपनमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्। प्रतियोगिता मार्च १ देखि ३ तारिखसम्म बुल्गेरियाको राजधानी सोफियामा हुँदैछ। यसका लागि खड्का बिहीबार बुल्गेरिया प्रस्थान गर्दैछन्।

बुल्गेरिया ओलम्पिक कमिटी, बुल्गेरिया तेक्वान्दो फेडेरेसन र विश्व तेक्वान्दोको संयुक्त आयोजनामा हुने यो प्रतिष्ठित जी–टु स्तरको प्रतियोगिता मा करिब १,७०० खेलाडीको सहभागिता रहनेछ, जसमा ओलम्पियन र वर्ल्ड च्याम्पियन खेलाडीहरू पनि प्रतिस्पर्धा गर्नेछन्।

खड्का ग्यारोगी (फाइटिङ) र पुम्से (फर्म) दुवै विधामा निर्णायकका रूपमा रहनेछन्। नेपालका ग्यारोगी तथा पुम्से दुवै विधामा दोस्रो श्रेणीका अन्तर्राष्ट्रिय निर्णायक रहेका उनी पारा रेफ्री कोर्स पूरा गर्ने कम नेपाली तेक्वान्दो कर्मीमध्ये एक हुन्।

यो खड्काको तेस्रो बुल्गेरिया भ्रमण हो। यसअघि उनले सन् २०२२ मा विश्व च्याम्पियनसिप जी–टु र सन् २०२३ मा बुल्गेरिया ओपन जी–टु मा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्।

टोकियो पारा ओलम्पिक र पेरिस ओलम्पिक क्याम्पमा समावेश भइसकेका खड्काले अहिलेसम्म ५० भन्दा बढी जी–टु स्तरका अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्। नेपाली खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान दिँदै आएका खड्कालाई युवा तथा खेलकुद मन्त्रालयले ‘उत्कृष्ट रेफ्री’ का रूपमा सम्मान गरिसकेको छ।

हाल खड्का नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत रहेका छन्। उनको यो महत्वपूर्ण भूमिकाले नेपाली तेक्वान्दोको अन्तर्राष्ट्रिय पहिचान अझ बलियो बनाउन सहयोग गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल