
झापा– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सदन र सडकको माध्यमबाट यो अभियानलाई अझ तीव्र बनाउने बताएका छन्।
दमक नगर समिति झापाको दोस्रो अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, “मैले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा भ्रष्टाचारविरुद्धको युद्ध लड्ने नयाँ सङ्कल्प लिएको थिएँ। अब यो पार्टी र जनताको अभियान बनेको छ र यसलाई देशभर फैलाउनेछौं।”
प्रचण्डले सरकारको नेतृत्व गर्दै भ्रष्टाचार, विभेद, र सामाजिक न्यायका पक्षमा अभियान थालेको स्मरण गर्दै भने, “मैले जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरें, अब समाजवादी क्रान्तिका लागि नयाँ अभियान सुरु गर्नेछौं।”
उनले नेपालको संविधानलाई कमजोर बनाउनका लागि भइरहेको प्रयासको पनि विरोध गरेका छन् र भ्रष्टाचारविरुद्धको अभियानलाई समाजवादी क्रान्तिको मार्गमा अघि बढाउने आफ्नो दृढ संकल्पलाई पुन: दोहोर्याए।
प्रचण्डको अनुसार, यी सबै अभियान देशका भविष्यलाई उज्जवल बनाउनका लागि गरिनेछन्, र कुनै पनि हालतमा यो अभियानलाई रोक्न दिइने छैन।



