Skip to main content

Elite News Nepal

नेशनल हाईस्कुल च्याम्पियनसिप बुधबारदेखि सुरु

Advertisement

काठमाडौं । ई–प्लानेटको मुख्य प्रायोजनमा देशव्यापी रूपमा आयोजना हुँदै आएको नेशनल हाईस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल माघ २३ गते बुधबारदेखि माघ २६ गते शनिबारसम्म लोअर मुलपानी क्रिकेट ग्राउन्डमा सञ्चालन हुने भएको छ।

आयोजक संस्थाले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराएको थियो। फाइनलमा देशभरका सात क्षेत्रीय विजेता तथा काठमाडौं छनोटको उपविजेता टिम गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिस्पर्धी टिमहरूमा अर्किड कलेज, आस्था कलेज, मोनास्टिक कलेज, प्यारामाउन्ट कलेज, कास्की मोडर्नाइज्ड, वेस्टर्न क्रिस्टल एकेडेमी, शिक्षान्तर कलेज, र हिमालय एकेडेमी छन्। आयोजकका अनुसार विभिन्न कठिनाइका कारण सुर्खेत छनोट आयोजना हुन सकेन।

हाइप येति इभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा टुर्नामेन्ट डाइरेक्टर रवीन्द्र गुप्ता र व्यवस्थापक कपिल भण्डारी रहेका छन्। यस प्रतियोगिताका शीर्ष प्रायोजक ई–प्लानेट, डिजिटल पार्टनर रुटिन अफ नेपाल बन्द, प्रसारण पार्टनर खेल पाटी, मीडिया पार्टनर विकेट नेपाल, र यात्रा पार्टनर यति एयरलाइन्सको ‘गिभन विङ्स’ रहेको छ।

माघ २६ गतेसम्म चल्ने यो प्रतियोगिताले नेपालका उत्कृष्ट विद्यालय स्तरका क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल