Skip to main content

Elite News Nepal

फाइनल यात्रा तय गरिसकेको नेपाल आज म्यानमारसँग खेल्दै

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे हुने यो खेल लिग चरणको अन्तिम खेल हुनेछ।

नेपालले यसअघि किर्गिस्तान र लेबनानलाई समान १-० गोल अन्तरले पराजित गर्दै फाइनल स्थान सुरक्षित गरिसकेको छ। अन्तिम खेल अघि नै फाइनल यात्रा तय गरिसकेकाले नेपालका लागि यो खेल दबाबमुक्त रहनेछ।

तर, म्यानमार भने नेपालका लागि कठिन प्रतिद्वन्द्वी साबित हुँदै आएको छ। अहिलेसम्म खेलेका चार खेलमध्ये नेपालले तीन खेल गुमाएको छ भने एक खेल बराबरीमा टुंगिएको थियो। यसपटक घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल म्यानमारविरुद्धको रेकर्ड सुधार्ने लक्ष्यमा हुनेछ।

फाइनल अघि आत्मविश्वास थप मजबुत बनाउने अवसर भएकाले नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रने अपेक्षा गरिएको छ। अब हेरौँ, नेपालले बलियो प्रतिद्वन्द्वी म्यानमारविरुद्ध इतिहास बदल्न सक्छ कि छैन!

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

श्रमिकका मुद्दालाई प्राथमिकता दिँदै कांग्रेस केन्द्रीय सदस्यमा सुनिल केसीको उम्मेदवारी

श्रमिकका मुद्दालाई प्राथमिकता दिँदै कांग्रेस केन्द्रीय सदस्यमा सुनिल केसीको उम्मेदवारी

काठमाडौँ । श्रमिकका सरोकारलाई पार्टीको नीति निर्माण तहमा उठाउने एजेन्डासहित युवा नेता सुनिल केसी नेपाली कांग्रेसको केन्द्रीय स...
International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल