Skip to main content

Elite News Nepal

‘लाज शरणम्’ सेन्सर पास, महाशिवरात्रिमा धमाकेदार प्रदर्शन

Advertisement

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘लाज शरणम्’ सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्रलाई ‘युनिभर्सल सर्टिफिकेट’ दिँदै सबै उमेर समूहका दर्शकका लागि उपयुक्त ठहर गरेको छ।

यसअघि उच्च अदालत पाटनमा परेको मुद्दाले चलचित्रको प्रदर्शन अन्योलमा परेको थियो। पूर्वमन्त्री मोहम्मद अफताब आलमले चलचित्रमा आफ्नो चरित्रलाई तोडमोड गरी प्रस्तुत गरिएको दाबी गर्दै अदालतमा अन्तरिम आदेश मागेका थिए। अदालतले चलचित्रको स्क्रिप्ट र श्रव्यदृश्य अध्ययन गर्ने आदेश दिएपछि प्रदर्शन मिति अन्यौलमा परेको थियो। तर, सेन्सर बोर्डको स्वीकृतिपछि अब चलचित्र पूर्वनिर्धारित मितिमा नै प्रदर्शन हुने निश्चित भएको छ।

‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको चलचित्र हो। यसमा चर्चित कलाकार सिताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे ‘पाँडे’, हरिष निरौला ‘कक्रोज’, सागर लम्साल ‘बले’, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायतका कलाकारको दमदार अभिनय रहेको छ। चलचित्रको निर्देशन कुमार कट्टेलले गरेका छन्।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताका रूपमा रहेका छन्।

‘लाज शरणम्’ यो वर्षकै सबैभन्दा प्रतिक्षित चलचित्रमध्ये एक हो। हास्यरसले भरिपूर्ण यो चलचित्र फागुन १४ गते महाशिवरात्रिको विशेष दिनमा देशभर प्रदर्शन हुँदैछ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल