Elite News Nepal

Day: February 15, 2025

प्रचण्डको भ्रष्टाचारविरुद्ध अभियान: निरन्तर अघि बढ्ने प्रतिबद्धता

प्रचण्डको भ्रष्टाचारविरुद्ध अभियान: निरन्तर अघि बढ्ने प्रतिबद्धता

झापा– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सदन र सडकको माध्यमबाट यो अभियानलाई अझ तीव्र बनाउने बताएका छन्। दमक नगर समिति झापाको दोस्रो अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, “मैले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा भ्रष्टाचारविरुद्धको युद्ध लड्ने नयाँ सङ्कल्प लिएको थिएँ। अब यो पार्टी र जनताको अभियान बनेको छ र यसलाई देशभर फैलाउनेछौं।” प्रचण्डले सरकारको नेतृत्व गर्दै भ्रष्टाचार, विभेद, र सामाजिक न्यायका पक्षमा अभियान थालेको स्मरण गर्दै भने, “मैले जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरें, अब समाजवादी क्रान्तिका लागि नयाँ अभियान सुरु गर्नेछौं।” उनले नेपालको…
Read More
लोसपाको असहमतिका कारण भूमी सम्बन्धि अध्यादेशमा पछि हट्यो सरकार

लोसपाको असहमतिका कारण भूमी सम्बन्धि अध्यादेशमा पछि हट्यो सरकार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को बिमतीपछि सरकारले भूमि सम्बन्धि नेपाल ऐन संशोधन गर्न ल्याएको अध्यादेशमा समेटिएका त्रुटिहरू सच्याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ। पार्टीका महासचिव डा. सुरेन्द्र झाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले साझा गरेको जानकारी अनुसार, अध्यक्ष महन्थ ठाकुरको अडान, विश्वसनीयता र प्रभावकारी नेतृत्वको कारण कार्यदल गठन गर्ने र अन्य पाँचवटा अध्यादेशलाई अगाडि बढाउने निर्णय भएको बताए। उनले सत्ता गठबन्धनका सबै दलहरू एकजुट भएर अध्यादेश र अन्य चुनौतीहरूको सामना गर्न सहमति जनाएको उल्लेख गरेका छन्। यसका साथै, लोसपा नेपालले उठाएका महत्वपूर्ण विषयहरू, विशेषत: मधेशका भूमिहीन नागरिकहरूको भूमी र आवासको सुनिश्चितता, सार्वजनिक जग्गाको संरक्षण, वन क्षेत्र र चूरे…
Read More
अध्यादेश स्वीकृत गर्न सहमति जुटेको दाबी

अध्यादेश स्वीकृत गर्न सहमति जुटेको दाबी

काठमाडौं, १५ फागुन – गृहमन्त्री रमेश लेखकले नेपाल सरकार द्वारा जारी गरेका अध्यादेशहरू स्वीकृत गर्न सहमति जुटेको बताएका छन्। शनिबार सत्ता पक्षीय बैठक पछि पत्रकारहरूसँग कुरा गर्दै लेखकले अध्यादेशलाई अगाडि बढाउन सकरात्मक निष्कर्षमा पुगेको जानकारी दिए। लेखकका अनुसार, शिर्ष नेताहरुको बैठकमा नेपाल सरकारले संघीय संसदको दुबै सदनमा दर्ता गरिएका अध्यादेशहरूको स्वीकृतिमा सहमति बनाएको हो। उनले भने, "सामान्य रूपमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ र मुख्यत: अध्यादेशलाई स्वीकृत गर्ने र त्यसलाई अगाडि बढाउनेबारे सकारात्मक निर्णयमा पुगिएका छौं।" अध्यक्ष लेखले अन्य नेताहरुसँग पनि फोन संवाद गरेको र सबै राजनीतिक दलहरूसँग सहमति रहेको बताए। उनका अनुसार, बहुमतको समर्थनबाट अध्यादेश छिट्टै संसदमा…
Read More
अध्यक्ष नेपाल: एमाले केपी ओलीको निजी आदेशमा चल्ने पार्टी बन्यो

अध्यक्ष नेपाल: एमाले केपी ओलीको निजी आदेशमा चल्ने पार्टी बन्यो

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको नेतृत्वमा केपी ओलीको निजी आदेश मात्र चल्ने टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, "नेकपा एमाले अब केपी ओलीको व्यक्तिगत पार्टी बनेको छ। त्यसमा केवल उहाँका आदेश मात्र लागू हुन्छ, पार्टीको कम्युनिस्ट चरित्र गुमेको छ।" नेपालले ओलीको निर्णय र निर्देशनलाई मात्र मान्यता दिइने भन्दै उक्त पार्टीको लोकतान्त्रिक प्रक्रियामा कुनै विकल्प नदेखिएको व्यक्त गरे। उनले थपे, "केपी ओलीका विचार र निर्देशन पालना गर्ने मात्र कर्तव्य हो। अरु कुनै विकल्प छैन।" अध्यक्ष नेपालले पार्टीको प्रगति र विकासका लागि गाउँ-गाउँमा जनताको समस्याहरूको समाधान…
Read More
चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने रोजगारीको नयाँ अवसर

चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने रोजगारीको नयाँ अवसर

एजेन्सी – चीनमा घरपालुवा जनावरहरूको हेरचाह गर्ने व्यक्तिहरुको माग तीव्र रूपमा बढेको छ। घर मालिकहरूको बाहिरी कामका कारण, पाल्तु जनावरहरूको हेरचाह गर्ने 'पिट सिटर'हरुको आवश्यकता अहिले अत्यधिक देखिएको हो। चीनका विभिन्न सहरहरूमा घरपालुवा जनावरहरूको स्वामित्व बढ्दै गएपछि, हेरचाह गर्ने पेशामा राम्रो रोजगारीका अवसरहरू सिर्जना भएका छन्। यी कामदारहरूलाई व्यवसायिक तालीम पनि दिइरहेको छ, जसले उनीहरूको क्षमता र कामको गुणस्तरमा सुधार ल्याएको छ। वर्तमानमा चीनका ७० भन्दा बढी सहरहरूमा यस्तो सेवा केन्द्रहरू सञ्चालनमा रहेका छन्, र देशभरमा प्रमाणित घरपालुवा जनावरहरूको संख्या ४,५०० भन्दा बढी पुगेको छ। चाइना पाल्तु उद्योगको श्वेतपत्र अनुसार, शहरी कुकुर र बिरालो उपभोक्ता बजार २०२३ को तुलनामा २०२४…
Read More
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १५ फेब्रुअरी २०२५ – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ। युरोपियन युरोको खरिददर १४५ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङको खरिददर १७४ रूपैयाँ ४० पैसा र बिक्रीदर १७५ रूपैयाँ १५ पैसा तय गरिएको छ। त्यसैगरी, स्विस फ्र्याङ्कको खरिददर १५३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ३४ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा, अष्ट्रेलियन डलरको खरिददर ८७ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८८…
Read More
रौतहटमा एचपिभी खोप अभियानको पहिलो चरण सफल: लक्ष्य १०० प्रतिशत पूरा

रौतहटमा एचपिभी खोप अभियानको पहिलो चरण सफल: लक्ष्य १०० प्रतिशत पूरा

रौतहट, १५ फागुन – रौतहट जिल्लामा दुई चरणमा सञ्चालन गरिएको एचपिभी खोप अभियानको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ। पहिलो चरणमा फतुवा विजयपुर, मौलापुर, बौधीमाई, गढीमाई, कटहरिया, देवाही गोनाही, राजपुर, परोहा र इशनाथ नगरपालिकामा खोप लगाइँदा ९० प्रतिशतको लक्ष्यलाई पार गर्दै १०० प्रतिशत लक्ष्य हासिल गरिएको छ। दोस्रो चरण माघ ३० गतेदेखि फागुन ६ सम्म विभिन्न नगरपालिका र गाउँपालिकामा चलिरहेको छ। यसमा गौर, राजदेवी, माधवनारायण, गरुडा वृन्दावन, गुजरा र चन्द्रपुर नगरपालिकासहित दुर्गा भगवती र यमुनामाई गाउँपालिकामा किशोरीलाई एचपिभी खोप प्रदान गरिने छ। जिल्ला जनस्वास्थ्य कार्यालय गौरका खोप निरीक्षक एवं फोकल पर्सन अनिल कर्णका अनुसार पहिलो चरणमा निर्धारित लक्ष्य १०० प्रतिशत…
Read More
इटहरी गोल्डकपमा पहिलो खेलमा आयोजक राष्ट्रिय जागृति क्लब पराजित

इटहरी गोल्डकपमा पहिलो खेलमा आयोजक राष्ट्रिय जागृति क्लब पराजित

इटहरी, १५ फागुन – १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ। इटहरी रङ्गशालामा प्रतियोगिताको उद्घाटन इटहरीका मेयर हेमकर्ण पौडेलले गरे। उद्घाटनपछि सम्पन्न भएको पहिलो खेलमा आयोजक राष्ट्रिय जागृति क्लब पराजित भएको छ। पाहुना टोली युनाइटेड खर्साङ क्लब (यूकेएफसी) ले आयोजकलाई २–१ गोल अन्तरले पराजित गर्‍यो। यूकेएफसीका तर्फबाट सत्यम शर्मा र हेमराज भुजेलले गोल गरेका थिए भने आयोजकको तर्फबाट विदेशी खेलाडी एलेक्सले गोल गरे। प्रतियोगिताअन्तर्गत आइतबार साबिक विजेता सगरमाथा यूथ क्लब मोरङ र हालै धरानमा सम्पन्न २५ औं बुढासुब्बा गोल्डकपका विजेता एनआरटी क्लब काठमाडौँ बीच प्रतिस्पर्धा हुनेछ। फागुन १० गतेसम्म चल्ने यस प्रतियोगितामा नेपालका सात…
Read More
नेपाल पुलिसलाई ३-१ ले हराउँदै ब्ल्याक बुल्स आहा रारा च्याम्पियन

नेपाल पुलिसलाई ३-१ ले हराउँदै ब्ल्याक बुल्स आहा रारा च्याम्पियन

पोखरा। आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले नयाँ च्याम्पियन पाएको छ। शनिबार सम्पन्न फाइनल खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले नेपाल पुलिस क्लबलाई ३-१ ले पराजित गर्दै २४औं आहा रारा गोल्डकपको उपाधि हात पारेको छ। ब्ल्याक बुल्स आहा रारा जित्ने दोस्रो विदेशी टोली बनेको छ। यसअघि, २०६२ सालमा अफ्रिकन युनाइटेडले नेपाल पुलिस क्लबलाई नै पराजित गर्दै उपाधि जितेको थियो। नेपाल पुलिस क्लब छैटौँ उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिए पनि पाँचौँ पटक उपविजेतामै सीमित हुन पुग्यो। पाँच वर्षपछि आहा राराको फाइनलमा पुगेको पुलिस यसअघि लगातार तीन प्रतियोगितामा सभापति कप, बुढासुब्बा गोल्डकप, र भरतपुर गोल्डकप पहिलो खेलमै पराजित हुँदै बाहिरिएको थियो। तर, आहा रारामा…
Read More
मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

रामेछाप – तेस्रो मन्थली नगर कप रनिङ शिल्ड पुरुष तथा पहिलो महिला रनिङ शिल्ड भलिबल प्रतियोगिता शनिबारदेखि मन्थलीमा सुरु भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिता पाँच दिनसम्म चल्नेछ। प्रतियोगितामा मन्थली नगरपालिकाका १४ वटा पुरुष टिम र ७ वटा महिला टिम सहभागी भएका छन्। विजेता पुरुष टोलीले नगद १ लाख रुपैयाँ, शिल्ड तथा मेडल प्राप्त गर्नेछ भने महिला विजेता टोलीलाई ५० हजार रुपैयाँ, शिल्ड र मेडल प्रदान गरिनेछ। प्रतियोगिताका लागि मन्थली नगरपालिकाले १२ लाख रुपैयाँ विनियोजन गरेको छ। खेलको समापन आगामी फागुन ७ गते, राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा गरिनेछ। प्रतियोगिताको उद्घाटन वाग्मती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल