Skip to main content

Elite News Nepal

मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

Advertisement

रामेछाप – तेस्रो मन्थली नगर कप रनिङ शिल्ड पुरुष तथा पहिलो महिला रनिङ शिल्ड भलिबल प्रतियोगिता शनिबारदेखि मन्थलीमा सुरु भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिता पाँच दिनसम्म चल्नेछ।

प्रतियोगितामा मन्थली नगरपालिकाका १४ वटा पुरुष टिम र ७ वटा महिला टिम सहभागी भएका छन्। विजेता पुरुष टोलीले नगद १ लाख रुपैयाँ, शिल्ड तथा मेडल प्राप्त गर्नेछ भने महिला विजेता टोलीलाई ५० हजार रुपैयाँ, शिल्ड र मेडल प्रदान गरिनेछ। प्रतियोगिताका लागि मन्थली नगरपालिकाले १२ लाख रुपैयाँ विनियोजन गरेको छ।

खेलको समापन आगामी फागुन ७ गते, राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा गरिनेछ। प्रतियोगिताको उद्घाटन वाग्मती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले खेलाडीको प्रदर्शनबाट उच्च अपेक्षा गर्नु अघि उनीहरूको आधारभूत आवश्यकतामा ध्यान दिनुपर्ने बताए। उनले सरकार अहिले खेलकुद क्षेत्रको व्यवस्थित विकासका लागि अघि बढिरहेको उल्लेख गरे।

उद्घाटन समारोह नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, विभिन्न राजनीतिक दलका जिल्ला नेताहरू लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल