Skip to main content

Elite News Nepal

अलपत्र अवस्थामा रहेका आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याइने तयारी

Advertisement

काठमाडौं। श्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरू आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसका लागि आवश्यक कार्ययोजना अघि बढाएका छन्।

देशभर निर्माण सम्पन्न भइसकेका तर हालसम्म सञ्चालनमा नआएका वा आंशिक रूपमा मात्रै सञ्चालन भइरहेका ५७ वटा अस्पताल रहेका छन्। साथै, नयाँ आर्थिक वर्षमा थप आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजना पनि छ।

मापदण्डको स्पष्टता नहुँदा अस्पताल सञ्चालनमा समस्या देखिएपछि सरकारले ५, १० र १५ शैय्याका अस्पताल सञ्चालन गर्नका लागि नयाँ आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ तयार गरिसकेको छ। सोही मापदण्डका आधारमा संघ सरकारले जनशक्ति, उपकरण, औषधी, र रिएजेन्टसहितका आवश्यक स्रोत व्यवस्थापन गर्नेछ।

मन्त्री पौडेलले यो कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा विशेष कार्यदल गठन गरेका छन्। कार्यदलले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा स्पष्टता ल्याउने र कार्यान्वयनका लागि मार्गनिर्देशन गर्नेछ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, यस्ता अस्पतालको प्रभावकारी सञ्चालनका लागि आगामी आर्थिक वर्षमा करिब एक अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ। यसले अस्पताल सञ्चालनमा उल्लेखनीय सहजता ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल