Skip to main content

Elite News Nepal

इटहरी गोल्डकपमा पहिलो खेलमा आयोजक राष्ट्रिय जागृति क्लब पराजित

Advertisement



इटहरी, १५ फागुन – १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ। इटहरी रङ्गशालामा प्रतियोगिताको उद्घाटन इटहरीका मेयर हेमकर्ण पौडेलले गरे।

उद्घाटनपछि सम्पन्न भएको पहिलो खेलमा आयोजक राष्ट्रिय जागृति क्लब पराजित भएको छ। पाहुना टोली युनाइटेड खर्साङ क्लब (यूकेएफसी) ले आयोजकलाई २–१ गोल अन्तरले पराजित गर्‍यो। यूकेएफसीका तर्फबाट सत्यम शर्मा र हेमराज भुजेलले गोल गरेका थिए भने आयोजकको तर्फबाट विदेशी खेलाडी एलेक्सले गोल गरे।

प्रतियोगिताअन्तर्गत आइतबार साबिक विजेता सगरमाथा यूथ क्लब मोरङ र हालै धरानमा सम्पन्न २५ औं बुढासुब्बा गोल्डकपका विजेता एनआरटी क्लब काठमाडौँ बीच प्रतिस्पर्धा हुनेछ। फागुन १० गतेसम्म चल्ने यस प्रतियोगितामा नेपालका सात तथा एक विदेशी टिम गरी आठ टोली सहभागी छन्।

सहभागी टोलीहरूमा भारतको यूकेएफसीसहित मच्छिन्द्र फुटबल क्लब काठमाडौँ, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, झापा एघार फुटबल क्लब, राष्ट्रिय जागृति क्लब, एनआरटी क्लब काठमाडौँ, सगरमाथा यूथ क्लब मोरङ, र धरान फुटबल क्लब रहेका छन्।

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उप–विजेतालाई पाँच लाख रुपैयाँ प्रदान गरिनेछ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल