Skip to main content

Elite News Nepal

रौतहटमा एचपिभी खोप अभियानको पहिलो चरण सफल: लक्ष्य १०० प्रतिशत पूरा

Advertisement

रौतहट, १५ फागुन – रौतहट जिल्लामा दुई चरणमा सञ्चालन गरिएको एचपिभी खोप अभियानको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ। पहिलो चरणमा फतुवा विजयपुर, मौलापुर, बौधीमाई, गढीमाई, कटहरिया, देवाही गोनाही, राजपुर, परोहा र इशनाथ नगरपालिकामा खोप लगाइँदा ९० प्रतिशतको लक्ष्यलाई पार गर्दै १०० प्रतिशत लक्ष्य हासिल गरिएको छ।

दोस्रो चरण माघ ३० गतेदेखि फागुन ६ सम्म विभिन्न नगरपालिका र गाउँपालिकामा चलिरहेको छ। यसमा गौर, राजदेवी, माधवनारायण, गरुडा वृन्दावन, गुजरा र चन्द्रपुर नगरपालिकासहित दुर्गा भगवती र यमुनामाई गाउँपालिकामा किशोरीलाई एचपिभी खोप प्रदान गरिने छ।

जिल्ला जनस्वास्थ्य कार्यालय गौरका खोप निरीक्षक एवं फोकल पर्सन अनिल कर्णका अनुसार पहिलो चरणमा निर्धारित लक्ष्य १०० प्रतिशत पूरा भएको छ र दोस्रो चरण पनि सफल हुनेमा उनी आशावादी छन्। पहिलो चरणका अनुसार फतुवा विजयपुर नगरपालिकामा २,३८९, मौलापुर नगरपालिकामा २,४७४, गढीमाई नगरपालिकामा २,९९७, कटहरिया नगरपालिकामा २,४१३ किशोरीलाई खोप लगाइयो।

बौधीमाई नगरपालिकाले लक्षभन्दा बढी १२२.२२ प्रतिशत लक्ष्य हासिल गरेको छ। सो नगरपालिकामा २,०३२ लक्ष्यमा २,३८२ किशोरीलाई खोप लगाइएको छ।

यस खोप अभियानले विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन निःशुल्क खोप प्रदान गर्दै छ। यस अभियानको अन्तर्गत ४९ हजार २६९ किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य राखिएको छ, जसमा ३९ हजार विद्यार्थी र १० हजार बाहिरका किशोरी समावेश छन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल