Skip to main content

Elite News Nepal

नेपाल पुलिसलाई ३-१ ले हराउँदै ब्ल्याक बुल्स आहा रारा च्याम्पियन

Advertisement

पोखरा। आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले नयाँ च्याम्पियन पाएको छ। शनिबार सम्पन्न फाइनल खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले नेपाल पुलिस क्लबलाई ३-१ ले पराजित गर्दै २४औं आहा रारा गोल्डकपको उपाधि हात पारेको छ।

ब्ल्याक बुल्स आहा रारा जित्ने दोस्रो विदेशी टोली बनेको छ। यसअघि, २०६२ सालमा अफ्रिकन युनाइटेडले नेपाल पुलिस क्लबलाई नै पराजित गर्दै उपाधि जितेको थियो।

नेपाल पुलिस क्लब छैटौँ उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिए पनि पाँचौँ पटक उपविजेतामै सीमित हुन पुग्यो। पाँच वर्षपछि आहा राराको फाइनलमा पुगेको पुलिस यसअघि लगातार तीन प्रतियोगितामा सभापति कप, बुढासुब्बा गोल्डकप, र भरतपुर गोल्डकप पहिलो खेलमै पराजित हुँदै बाहिरिएको थियो। तर, आहा रारामा भने लगातार तीन खेल जित्दै फाइनलसम्मको यात्रा तय गर्न सफल रह्यो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल