
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको नेतृत्वमा केपी ओलीको निजी आदेश मात्र चल्ने टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, “नेकपा एमाले अब केपी ओलीको व्यक्तिगत पार्टी बनेको छ। त्यसमा केवल उहाँका आदेश मात्र लागू हुन्छ, पार्टीको कम्युनिस्ट चरित्र गुमेको छ।”
नेपालले ओलीको निर्णय र निर्देशनलाई मात्र मान्यता दिइने भन्दै उक्त पार्टीको लोकतान्त्रिक प्रक्रियामा कुनै विकल्प नदेखिएको व्यक्त गरे। उनले थपे, “केपी ओलीका विचार र निर्देशन पालना गर्ने मात्र कर्तव्य हो। अरु कुनै विकल्प छैन।”
अध्यक्ष नेपालले पार्टीको प्रगति र विकासका लागि गाउँ-गाउँमा जनताको समस्याहरूको समाधान गर्नका लागि पार्टीका कार्यकर्ताहरूलाई सक्रियता देखाउन आग्रह गरे।



