Skip to main content

Elite News Nepal

लोसपाको असहमतिका कारण भूमी सम्बन्धि अध्यादेशमा पछि हट्यो सरकार

Advertisement

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को बिमतीपछि सरकारले भूमि सम्बन्धि नेपाल ऐन संशोधन गर्न ल्याएको अध्यादेशमा समेटिएका त्रुटिहरू सच्याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ।

पार्टीका महासचिव डा. सुरेन्द्र झाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले साझा गरेको जानकारी अनुसार, अध्यक्ष महन्थ ठाकुरको अडान, विश्वसनीयता र प्रभावकारी नेतृत्वको कारण कार्यदल गठन गर्ने र अन्य पाँचवटा अध्यादेशलाई अगाडि बढाउने निर्णय भएको बताए।

उनले सत्ता गठबन्धनका सबै दलहरू एकजुट भएर अध्यादेश र अन्य चुनौतीहरूको सामना गर्न सहमति जनाएको उल्लेख गरेका छन्।

यसका साथै, लोसपा नेपालले उठाएका महत्वपूर्ण विषयहरू, विशेषत: मधेशका भूमिहीन नागरिकहरूको भूमी र आवासको सुनिश्चितता, सार्वजनिक जग्गाको संरक्षण, वन क्षेत्र र चूरे क्षेत्रको संरक्षण, जैविक विविधताको जगेर्ना र अन्य मुद्दाहरूलाई कार्यदलमा समेट्ने कुरामा सरकारले विश्वास व्यक्त गरेको छ।

त्यसैगरी, सरकारले भूमि सम्बन्धि अध्यादेशलाई तत्काल अघि नबढाउने निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल