Skip to main content

Elite News Nepal

Year: 2025

मन्त्रीमाथि निराधार आरोप, स्वास्थ्य मन्त्रालयले दियो स्पष्टिकरण

मन्त्रीमाथि निराधार आरोप, स्वास्थ्य मन्त्रालयले दियो स्पष्टिकरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य उपकरण खरिद प्रक्रियामा मन्त्रीको कुनै भूमिका नरहने स्पष्ट पारेको छ। केही अनलाइन मिडियाले स्वास्थ्य सेवा विभागद्वारा प्रक्रियामा रहेको उपकरण खरिदलाई स्वास्थ्य मन्त्री प्रदीप पौडेलसँग जोडेर अनावश्यक समाचार प्रकाशित गरेको भन्दै मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा सार्वजनिक खरिद ऐनअनुसार खरिद प्रक्रियामा सम्बन्धित विभागीय प्रमुख नै जिम्मेवार रहने उल्लेख गरिएको छ। कानून पालना नभएको अवस्थामा सो को जिम्मेवारी सम्बन्धित कर्मचारीको हुने प्रावधान स्पष्ट पार्दै मन्त्रालयले मन्त्री र पदाधिकारीमाथि निराधार आरोप लगाउनु पत्रकारिताको सिद्धान्त, मर्म र भावनाविपरीत रहेको बताएको छ। मन्त्रालयले केही समययता अघि बढाइएका सुधारका कामलाई ओझेलमा…
Read More
केशव पाण्डेको डेब्यु निर्देशन ‘११:५५’ को पोस्टर सार्वजनिक

केशव पाण्डेको डेब्यु निर्देशन ‘११:५५’ को पोस्टर सार्वजनिक

काठमाडौं । आगामी चैत्र ८ गते प्रदर्शनमा आउने नेपाली क्राइम थ्रिलर सिनेमा ‘११ः५५’ (Do Not Trust Anyone) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। बुधबार सिनेमाका मुख्य पाँच पात्रहरूको लुक्स सार्वजनिक गरिएको हो। यस सिनेमामा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, र नवअभिनेता सागर खनाल मुख्य भूमिकामा छन्। पोस्टरमा उनीहरूलाई उनीहरूले निर्वाह गर्ने चरित्रअनुसार प्रस्तुत गरिएको छ, जसले सिनेमाको रहस्यात्मक पक्ष झल्काउँछ। डेब्यु निर्देशक केशव पाण्डे द्वारा निर्देशित यस सिनेमामा एमएस अग्रज र शेखर ज्ञवाली को सहलेखन रहेको छ। क्राइम थ्रिलर विधामा निर्माण भएको यो चलचित्रको संगीत अल्मोडा राना उप्रेती ले तयार गरेका छन् भने, कोरियोग्राफी कबिराज गहतराज, द्धन्द्व…
Read More
नेपाल पुलिस क्लबको शानदार प्रदर्शन, चर्च ब्वाइजलाई हराउँदै फाइनलमा

नेपाल पुलिस क्लबको शानदार प्रदर्शन, चर्च ब्वाइजलाई हराउँदै फाइनलमा

पोखरा । नेपाल पुलिस क्लब २४औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार पोखरा रंगशालामा भएको सेमिफाइनल खेलमा पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै उपाधि यात्रालाई एक कदम नजिक पुर्‍याएको हो। नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको सफल टोलीमध्ये एक मानिन्छ। यसअघि, पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबले समान ६ पटक उपाधि जितेका छन्। मनाङले सर्वाधिक १० पटक फाइनल खेल्ने टोलीको कीर्तिमान बनाएको छ। अब पुलिस क्लबले उपाधिका लागि शनिबार फाइनल खेल्नेछ। पुलिसको प्रतिद्वन्द्वी सेमिफाइनलको अर्को खेल, जसमा थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी भिड्नेछन्, त्यसको विजेतासँग हुने छ। शनिबारको…
Read More
सेमिफाइनल तय! टाइम्स ‘ए’, राइभल इन्डिया, होउन्ड्स ‘ए’ र राइभल पाकिस्तान अन्तिम चारमा

सेमिफाइनल तय! टाइम्स ‘ए’, राइभल इन्डिया, होउन्ड्स ‘ए’ र राइभल पाकिस्तान अन्तिम चारमा

काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्री नेपालको आयोजनामा जारी अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ। टाइम्स ‘ए’, राइभल इन्डिया, होउन्ड्स ‘ए’ र राइभल पाकिस्तान अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन्। क्वार्टरफाइनलमा टाइम्स ‘ए’ ले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’ लाई पराजित गर्यो भने, राइभल इन्डियाले आर्मी ‘ए’ माथि जित निकाल्यो। त्यस्तै, होउन्ड्स ‘ए’ ले आर्मी ‘बी’ लाई हरायो भने राइभल पाकिस्तानले एसवाइएमलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। अब, सेमिफाइनलमा टाइम्स ‘ए’ र राइभल इन्डिया आमनेसामने हुनेछन् भने होउन्ड्स ‘ए’ र राइभल पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कोर्टमा…
Read More
Fakhar Zaman The Unlikely Hero of Pakistan’s 2017 Triumph

Fakhar Zaman The Unlikely Hero of Pakistan’s 2017 Triumph

Fakhar Zaman travelled to the ICC Champions Trophy 2017 without a single ODI appearance to his name. By the time he returned to Pakistan as a match-winner in the final, people were travelling hundreds of kilometres just to take a picture with him. The left-handed opening batter will make his return to the Pakistan team on home soil when the competition returns later this month, looking to recreate the heroics of eight years ago. In that tournament, he started out of the team, earned a one-day debut, and went on to form the foundation of a final victory over India…
Read More
Romania and Portugal Secure Spots at Men’s Rugby World Cup 2027

Romania and Portugal Secure Spots at Men’s Rugby World Cup 2027

Romania and Portugal have officially qualified for the Men's Rugby World Cup 2027 in Australia after reaching the semi-finals of the Men's Rugby Europe Championship 2025. Their success in the tournament ensures their place among the world's best rugby nations on rugby’s biggest stage. Portugal’s qualification marks their third Rugby World Cup appearance and their second consecutive one, following an impressive campaign at France 2023. The Portuguese team, known as Os Lobos, continues to grow in stature, proving their competitiveness on the international rugby scene. Meanwhile, Romania, one of Europe’s major rugby nations, will make their 10th appearance at the…
Read More
म्याग्दे गाउँपालिकाद्वारा दोस्रो अध्यक्ष कप २०८१ को घोषणा

म्याग्दे गाउँपालिकाद्वारा दोस्रो अध्यक्ष कप २०८१ को घोषणा

पोखरा। तनहुँको म्याग्दे गाउँपालिकाले आगामी फागुन १३ गतेदेखि दोस्रो अध्यक्ष कप २०८१ आयोजना गर्ने भएको छ। बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाले प्रतियोगिताको विस्तृत जानकारी गराएको हो। 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने नारासहित आयोजना हुन लागेको अध्यक्ष कप अन्तर्गत गण्डकी प्रदेशभित्रका पालिकास्तरीय ११ 'ए' साइड पुरुष फुटबल, तनहुँ जिल्लास्तरीय 'सी' लेभल ब्याडमिन्टन तथा म्याग्दे गाउँपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता समावेश छन्। गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठका अनुसार नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको पालिकास्तरीय फुटबल प्रतियोगिता म्याग्दे–५ छाङ्ग पाटन खेलमैदानमा हुनेछ। प्रतियोगिताका विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै,…
Read More
बुढासुब्बा गोल्डकपको रोमाञ्चक फाइनलमा एनआरटी र चर्च ब्वाइज

बुढासुब्बा गोल्डकपको रोमाञ्चक फाइनलमा एनआरटी र चर्च ब्वाइज

धरान – २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ। एनआरटीले तेस्रो पटक उपाधि जित्ने अवसर पाएको छ भने चर्च ब्वाइज पहिलो पटक बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। एनआरटीले काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापा र पाहुना टोली युकेएफसी भारतलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। उता चर्च ब्वाइजले नेपाल पुलिस क्लब र पाहुना टोली भुटानलाई हराउँदै उपाधि नजिक पुगेको छ। यस सिजनमा यी दुई क्लबले विभिन्न चार प्रतियोगितामा प्रतिस्पर्धा गरेका छन्, जसमध्ये तीनवटा प्रतियोगिताको फाइनलमा सँगै भिडेका थिए। एनआरटीका टिम…
Read More
केपी ओली कपको रंग जम्दै, कलाकार टोलीको शानदार जित

केपी ओली कपको रंग जम्दै, कलाकार टोलीको शानदार जित

काठमाडौं, फागुन ११ – तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको तयारी स्वरूप शुक्रबार काठमाडौंमा भएको मैत्रीपूर्ण खेलमा कलाकार टोलीले राजनीतिज्ञ टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ। राष्ट्रिय युवा संघ नेपालले लैनचौरस्थित एनसेल खेल मैदानमा आयोजना गरेको यो मैत्रीपूर्ण खेलमा राजनीतिज्ञ टोलीका कप्तान क्षितिज थेबे थिए भने कलाकार टोलीको नेतृत्व बद्री पंगेनीले गरेका थिए। खेल अवधिभर कलाकार टोलीले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीलाई दबाबमा राख्यो। अन्ततः, चार गोल गर्दै कलाकार टोलीले सहज जित हात पार्यो, जबकि राजनीतिज्ञ टोलीले एक मात्र सान्त्वना गोल गर्न सक्यो। तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने…
Read More
४६ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा

४६ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा

काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४६.३ प्रतिशतले बढेको छ। दोस्रो त्रैमासको अवधिमा कम्पनीले ५१ करोड २० लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३५ करोड ६३ हजार रुपैयाँ थियो। यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७९ करोड ८१ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ८.५४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ७३ करोड ५२ लाख ९२ हजार रुपैयाँ…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल