Skip to main content

Elite News Nepal

४६ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा

Advertisement


काठमाडौं।
माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४६.३ प्रतिशतले बढेको छ।

दोस्रो त्रैमासको अवधिमा कम्पनीले ५१ करोड २० लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३५ करोड ६३ हजार रुपैयाँ थियो।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७९ करोड ८१ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ८.५४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ७३ करोड ५२ लाख ९२ हजार रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानी अन्तरगत ८ करोड ६ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च १३ करोड ५९ लाखबाट घटेर १२ करोड ४० लाख कायम भएको छ। विद्युत बिक्रीको आम्दानी बढेको, बीमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सो पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख पुगेको हो । कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुन बाँकि छ। यस अवधिमा कम्पनीको रिटेन अर्निंङ १ अर्ब २४ करोड रहेको छ।

स अवधिमा कम्पनीको वार्षिकीकरण नगरिएको प्रति शेयर आम्दानी १९.६७ रुपैयाँ पुगेको छ। वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी भने ३९.३४ रुपैयाँ हुन आउंछ। कम्पनीको प्रति शेयर नेटवर्थ १४७ रुपैयाँ ६६ पैसा रहेको छ।

माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना हाल सञ्चालन भइरहेका छन् । कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो परियोजना प्रतिमेगावाट साढे १३ करोड हाराहारीको लागतमा निर्माण सम्पन्न गरेको थियो । माउण्टेन इनर्जीले १२ मेगावाट क्षमताको मिस्ट्रीखोला–२ जलविद्युत आयोजनाको पनि विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ ।

कम्पनीले हालै मात्र दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता पनि गरेको छ। कम्पनीले मनाङको दूधखोलामा सीता हाइड्रोले प्रबर्दन गरेको ६५ मेगावाट क्षमताको उक्त आयोजनामा लगानी गर्ने भएको हो। सोही आयोजनामा लगानी गर्न कम्पनीले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने तयारी पनि गरेको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल