
काठमाडौं । आगामी चैत्र ८ गते प्रदर्शनमा आउने नेपाली क्राइम थ्रिलर सिनेमा ‘११ः५५’ (Do Not Trust Anyone) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। बुधबार सिनेमाका मुख्य पाँच पात्रहरूको लुक्स सार्वजनिक गरिएको हो।
यस सिनेमामा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, र नवअभिनेता सागर खनाल मुख्य भूमिकामा छन्। पोस्टरमा उनीहरूलाई उनीहरूले निर्वाह गर्ने चरित्रअनुसार प्रस्तुत गरिएको छ, जसले सिनेमाको रहस्यात्मक पक्ष झल्काउँछ।
डेब्यु निर्देशक केशव पाण्डे द्वारा निर्देशित यस सिनेमामा एमएस अग्रज र शेखर ज्ञवाली को सहलेखन रहेको छ। क्राइम थ्रिलर विधामा निर्माण भएको यो चलचित्रको संगीत अल्मोडा राना उप्रेती ले तयार गरेका छन् भने, कोरियोग्राफी कबिराज गहतराज, द्धन्द्व निर्देशन देव महर्जन, कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइन तथा मिक्सिङ शैलेश श्रेष्ठ, डिओपी प्रद्युमन मिश्र, सिनेमाटोग्राफी रामशरण उप्रेती, सम्पादन पासाङ दावा शेर्पा, र प्रोडक्सन डिजाइन सुवास राज काफ्ले ले गरेका छन्।
बिचित्र फिल्मस् र गुड जब आट्र्स को ब्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्मा को लगानी रहेको छ। यसमा बुद्धि तामाङ र विशाल पहारी को अभिनय पनि देख्न पाइनेछ। सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् भने वितरण कुवेर सिने डिस्ट्रीब्युसन प्रालि ले गर्नेछ।



