
काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्री नेपालको आयोजनामा जारी अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ।
टाइम्स ‘ए’, राइभल इन्डिया, होउन्ड्स ‘ए’ र राइभल पाकिस्तान अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन्। क्वार्टरफाइनलमा टाइम्स ‘ए’ ले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’ लाई पराजित गर्यो भने, राइभल इन्डियाले आर्मी ‘ए’ माथि जित निकाल्यो। त्यस्तै, होउन्ड्स ‘ए’ ले आर्मी ‘बी’ लाई हरायो भने राइभल पाकिस्तानले एसवाइएमलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।
अब, सेमिफाइनलमा टाइम्स ‘ए’ र राइभल इन्डिया आमनेसामने हुनेछन् भने होउन्ड्स ‘ए’ र राइभल पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कोर्टमा जारी प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल बुधबार हुने तय गरिएको छ।
प्रतियोगितामा नेपालका २२, बंगलादेशका चार, भारतका तीन तथा पाकिस्तानका एक टिम गरी जम्मा ३० टिम सहभागी थिए।



