18
Jan
काठमाडौं – आईसीसी महिला टि-२० ग्लोबल क्वालिफायरको उद्घाटन खेलमा नेपाल थाइल्याण्डसँग पराजित भयो। थाइल्याण्डले १६.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्दै उद्घाटन खेलमा विजयी बन्यो। टस जितेर फिल्डिङ रोजेको थाइल्याण्ड विरुद्ध नेपालले पहिलो इनिङमा २० ओभरमा १२३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। त्यसैगरी सम्झना खड्काले २६, रुबिना क्षेत्रीले १७, पुजा महतोले १२, इन्दु बर्माले ६, रिया शर्माले ४, कविता जोशीले ३, भने कविता कुँवर र काजल श्रेष्ठले समान रूपमा २–२ रन जोडिन्। थाइल्याण्डको ब्याटिङमा नत्थाकान चन्थामले ३९ बलमा अविजित ५७ रन बनाउँदै टिमलाई विजयी दिशामा अघि बढाइन्। नन्नापत कोन्चरोएनकैले ३२ रन…
