Skip to main content

Elite News Nepal

आईसीसी महिला टि-२० ग्लोबल क्वालिफायर: उद्घाटन खेलमा नेपाल थाइल्याण्डसँग पराजित

Advertisement
Photo Credit: CAN

काठमाडौं – आईसीसी महिला टि-२० ग्लोबल क्वालिफायरको उद्घाटन खेलमा नेपाल थाइल्याण्डसँग पराजित भयो। थाइल्याण्डले १६.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्दै उद्घाटन खेलमा विजयी बन्यो।

टस जितेर फिल्डिङ रोजेको थाइल्याण्ड विरुद्ध नेपालले पहिलो इनिङमा २० ओभरमा १२३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। त्यसैगरी सम्झना खड्काले २६, रुबिना क्षेत्रीले १७, पुजा महतोले १२, इन्दु बर्माले ६, रिया शर्माले ४, कविता जोशीले ३, भने कविता कुँवर र काजल श्रेष्ठले समान रूपमा २–२ रन जोडिन्।

थाइल्याण्डको ब्याटिङमा नत्थाकान चन्थामले ३९ बलमा अविजित ५७ रन बनाउँदै टिमलाई विजयी दिशामा अघि बढाइन्। नन्नापत कोन्चरोएनकैले ३२ रन र अफिसारा सुवान्चोनराथिले २८ रनको योगदान दिइन्। कप्तान नारूएमोल चाइवाईले ५ बलमा ३ रन नटआउट बनाइन्।

नेपालका लागि सिता राणा मगरले २ विकेट लिइन्। थाइल्याण्डको बाउलिङमा थिपाचा पुथावोंगले ४ विकेट ,ओन्निचा कामचोम्फुले २, चानिडा सुतिरुअङ, सुलीपॉर्न लाओमी र सुनिदा चतु्रोंग्रत्तानाले १–१ विकेट हात पारे।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल