Skip to main content

Elite News Nepal

केएमसी बास्केटबल उपाधि गोल्डेनपिक, इबीए र रिब्सलाई

Advertisement

काठमाडौं।
पाँचौँ केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा गोल्डेनपिक, इडेन ब्रिज एकेडेमी (इबीए) र डिफेन्डिङ च्याम्पियन रिब्सले आ–आफ्नो विधामा उपाधि जितेका छन्।

शनिबार सम्पन्न फाइनल खेलहरूमा गोल्डेनपिक सिनियर ब्वाइज, इबीए जुनियर ब्वाइज तथा रिब्स सिनियर गल्र्सतर्फ च्याम्पियन बने। प्रतियोगिताभर गोल्डेनपिक र इबीए अपराजित रहँदै उपाधि जित्न सफल भए भने रिब्सले समूह चरणमा एक खेल गुमाए पनि फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि रक्षा गर्‍यो।

बुद्धनगरस्थित केएमसीमा भएको सिनियर ब्वाइज फाइनलमा गोल्डेनपिकले बाल दीक्षा सदनलाई ४८–४५ ले पराजित गर्‍यो। गोल्डेनपिकका विजय तामाङले २१ अंक जोड्दै टोलीको जित सुनिश्चित गरे।

जुनियर ब्वाइज फाइनलमा इबीएले ग्रिनफिल्डलाई ४१–२१ ले हराउँदै पहिलो सहभागितामै उपाधि जित्यो। इबीएका दिग्विजय पुरीले ११ अंक जोडे।

सिनियर गल्र्स फाइनलमा रिब्सले चेल्सी वर्ल्ड स्कुललाई २५–२१ ले पराजित गर्दै उपाधि रक्षा गर्‍यो। रिब्सकी सुप्रिया मल्लले ११ अंक जोडिन्। यस जितसँगै रिब्सले समूह चरणमा चेल्सीसँग व्यहोरेको हारको बदला पनि लियो।

फाइनल खेलका सर्वाधिक स्कोरकर्ताहरू विजय तामाङ, दिग्विजय पुरी र सुप्रिया मल्ल आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। ‘स्पिरिट अफ केएमसी बास्केटबल अवार्ड’ सिनियर ब्वाइजमा नेपाल सेन्ट्रल, सिनियर गल्र्समा मानाङ चिल्ड्रेन र जुनियर ब्वाइजमा गोल्डेन फ्लावरले प्राप्त गरे।

विजेतालाई बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष किशोर गौतम, केएमसीका कार्यकारी निर्देशक डा. ध्रुव भट्टराई, एसोसिएट प्रोफेसर डा. मनोजकुमार थापा तथा प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे।

पुस २७ गतेदेखि सुरु भएको प्रतियोगितामा सिनियर र जुनियर ब्वाइजतर्फ १२–१२ टोली तथा सिनियर गल्र्सतर्फ ८ टोली सहभागी थिए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल