Skip to main content

Elite News Nepal

दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिपमा सुमित र रक्षा च्याम्पियन

Advertisement

काठमाडौं— नेपाल पुलिस क्लबका सुमित बिष्ट र नेपाल आर्मी क्लबकी रक्षा धिमाल दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिपमा शनिबार च्याम्पियन बनेका छन्।

अल नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजना तथा नेपाल तेक्वान्दो संघको सहकार्यमा कलंकीस्थित अम्रेला इभेन्ट्समा सम्पन्न प्रतियोगितामा सुमित पुरुषतर्फ र रक्षा महिलातर्फ च्याम्पियन बनेका हुन्।

पुरुषतर्फको फाइनलमा सुमित बिष्टले नेपाल आर्मी क्लबकै अफताब आलमलाई पराजित गर्दै उपाधि जिते। सेमिफाइनलमा सुमितले ऋृतका हरिश बोहरालाई तथा अफताबले आर्मीका अम्बिका घिमिरेलाई हराउँदै फाइनल प्रवेश गरेका थिए। अम्बिका घिमिरे र हरिश बोहराले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरे।

महिलातर्फ रक्षा धिमालले फाइनलमा आर्मीकी गीता कठायतलाई पराजित गर्दै उपाधि हात पारिन्। सेमिफाइनलमा रक्षा धिमालले आर्मीकी बीणा नाथलाई तथा गीता कठायतले पासाङ लामालाई हराएकी थिइन्। पासाङ लामा र बीणा नाथ तेस्रो स्थानमा रहे।

प्रतियोगितामा प्रथम हुने खेलाडीले ५० हजार रुपैयाँ, दोस्रोले ३० हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले जनही १५ हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गरे। दुई तौल समूहमा आठ पुरुष र आठ महिला गरी १६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा सहभागी खेलाडीहरू हालै सम्पन्न १३औं कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण, रजत तथा कांस्य पदक विजेता हुन्। पुरुषतर्फ ५४ र ५८ केजी तथा महिलातर्फ ४९ र ५३ केजी तौल समूहका उत्कृष्ट खेलाडीलाई समावेश गरिएको आयोजकले जनाएको छ।

विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, फाउन्डेसनका अध्यक्ष एवं काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगी, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतले पुरस्कृत गरेका थिए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल