Skip to main content

Elite News Nepal

एथलेटिक्स खेलाडीलाई खेल सामग्री वितरण

Advertisement

काठमाडौं।
एथलेटिक्स परिवार नेपालको संयोजनमा गत महिना मित्रराष्ट्र भारतको रांचीमा सम्पन्न साफ एथलेटिक्स च्याम्पियनसिपमा नेपालका लागि पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गर्ने तथा उदयीमान एथलेटिक्स खेलाडीहरूलाई युवा तथा खेलकुद मन्त्री बव्लु गुप्ताले प्रोत्साहन स्वरूप खेल सामग्री वितरण गर्नुभएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित कार्यक्रममा बेलायतस्थित नेपाल रन यूके बाट प्राप्त खेल सामग्री प्रदान गरिएको हो।

उक्त अवसरमा ५,००० मिटर र १०,००० मिटर दौडमा दुई कांस्य पदक जित्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने धादिङकी सन्तोषी श्रेष्ठ, लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने नेपाली सेनाका सलिम देवान, नेपाल प्रहरीकी सीमाकुमारी चौधरीसहित उदयीमान खेलाडीहरू नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपाने र निसा कार्की, गण्डकी प्रदेशकी नारायणी भण्डारी तथा बागमती प्रदेशकी मिङमार सिंह तामाङलाई खेल सामग्री प्रदान गरिएको थियो।

एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीका अनुसार यस्ता कार्यक्रमले खेलाडीको मनोबल उच्च बनाउने र अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न थप प्रेरणा मिल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल