Elite News Nepal

नोर्बु लामा प्रथम श्रेणीको अन्तर्राष्ट्रिय पुम्से रेफ्रीमा बढुवा

Advertisement

काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तेक्वान्दोका सहायक मुख्य प्रशिक्षक नोर्बु लामा प्रथम श्रेणीको अन्तर्राष्ट्रिय पुम्से रेफ्रीमा बढुवा भएका छन्। उनी उक्त उपलब्धि हासिल गर्ने पहिलो नेपाली हुन्।

विश्व तेक्वान्दो महासंघको निर्णयअनुसार लामा सन् २०२५ डिसेम्बर ३१ मा दोस्रो श्रेणीबाट प्रथम श्रेणीमा बढुवा भएका हुन्। उनले विभिन्न जी–२ स्तरका अन्तर्राष्ट्रिय प्रतियोगिता तथा रिफ्रेसर कोर्षमा सहभागिता जनाउँदै आवश्यक अंक पूरा गरेका थिए।

लामाले सन् २०२२ मा दक्षिण कोरियामा सम्पन्न विश्व पुम्से तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गरेका छन्। काभ्रेपलाञ्चोकका लामा ७औँ डान ब्ल्याक बेल्टधारी हुन्।

नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङले सातदोबाटोस्थित संघको कार्यालयमा उनलाई प्रमाणपत्र प्रदान गर्दै बधाइ दिएका छन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २०...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल