Skip to main content

Elite News Nepal

केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु

Advertisement

काठमाडौं।
केएमसी स्कुलको आयोजनामा पाँचौं संस्करणको केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि काठमाडौंमा सुरु हुने भएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले दिएको जानकारीअनुसार प्रतियोगितामा तीन विधामा २४ विद्यालयका ३२ टिम सहभागी हुनेछन्। प्रतियोगितामा सिनियर ब्वाइज र जुनियर ब्वाइजतर्फ १२–१२ टिम तथा सिनियर गल्र्सतर्फ ८ टिम ले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितालाई लिग कम नकआउट प्रणालीमा सञ्चालन गरिनेछ। यसअन्तर्गत सिनियर तथा जुनियर ब्वाइज समूहलाई चार–चार समूह र सिनियर गल्र्सलाई दुई समूहमा विभाजन गरिएको छ।

केएमसीका कार्यकारी निर्देशक डा. ध्रुव भट्टराईले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्दै अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको प्रतिनिधित्व गर्न सक्ने प्रतिभा पहिचानका लागि प्रतियोगिता प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गरे। केएमसीका निर्देशक तथा एसोसिएट प्रोफेसर डा. मनोजकुमार थापाले प्रतियोगिता सञ्चालनका लागि करिब रु ४ लाख ५० हजार खर्च हुने जानकारी दिए।

गत संस्करणका विजेताअनुसार सिनियर ब्वाइजतर्फ विल्सन एकेडेमी, जुनियर ब्वाइजतर्फ कश्यप एकेडेमी र सिनियर गल्र्सतर्फ रिब्स डिफेन्डिङ च्याम्पियन रहेका छन्।माघ ३ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेलहरू बुद्धनगरस्थित केएमसी स्कुलको कोर्टमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल