Skip to main content

Elite News Nepal

केपी ओली कपमा अत्तरिया र मालपोखरीको शानदार जीत

Advertisement

पोखरा, नेपाल – पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय पुरुष टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार (११औं दिन) समूह ‘डी’ का दुई खेल सम्पन्न भए, जसमा अत्तरिया क्रिकेट एकेडेमी र मालपोखरी क्रिकेट क्लब विजयी बने।

पोखरा रंगशालास्थित मैदानमा भएको पहिलो खेलमा अत्तरिया क्रिकेट एकेडेमीले होरिजोन क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्‍यो।

पहिले ब्याटिङ गर्दै होरिजोनले १९.१ ओभरमा १० विकेट गुमाउँदै १४० रन बनायो। होरिजोनका लागि कमल विष्टले ३९ रन, विप्रस केसीले ३५ रन (नटआउट), र नरबहादुर सार्कीले २७ रन बनाए। अत्तरियाका लागि बसन्त खत्री र भोजराज भट्टले समान ३ विकेट लिए, जबकि सुशिल साउदले २ विकेट हात पारे।

१४१ रनको लक्ष्य पछ्याउँदै अत्तरियाले १८.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।
टेक रावतले उत्कृष्ट प्रदर्शन गर्दै ४२ बलमा ६१ रनको अविजित पारी खेले र प्लेयर अफ द म्याच घोषित भए।

समूह ‘डी’ दोस्रो खेलमा मालपोखरी क्रिकेट क्लबले सुन्दर हरैचा क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्‍यो।

पहिले ब्याटिङ गर्दै सुन्दर हरैचाले २० ओभरमा १२८ रन बनायो। समिर कार्कीले सबैभन्दा बढी ३१ रन जोडे। मालपोखरीका लागि सिराज हवारी र जितेश मण्डलले समान २–२ विकेट लिए।

१२९ रनको लक्ष्य पछ्याउँदै मालपोखरीले १७.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य हासिल गर्‍यो। विजय गुप्ताले ४६ बलमा ५९ रन बनाए र प्लेयर अफ द म्याच घोषित भए।

२ खेलमा लगातार जित निकालेको अत्तरिया ४ अंकका साथ समूह ‘डी’को शीर्ष स्थानमा उक्लिएको छ। होरिजोन २ खेलमा १ जित र १ हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ, जबकि मालपोखरी तेस्रो स्थानमा रहेको छ। सुन्दर हरैचा २ खेलमा लगातार हारसहित तालिकाको पुछारमा छ।

समूह चरणको अन्तिम खेल भोलि हुने छ, जहाँ होरिजोनले सुन्दर हरैचासँग र अत्त्रियाले मालपोखरीसँग प्रतिस्पर्धा गर्नेछ। समूह विजेता अन्तिम चारमा प्रवेश गर्नेछ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल