Skip to main content

Elite News Nepal

‘फेरि रेशम फिलिली’ को भव्य प्रिमियर सम्पन्न, आजदेखि देशभर प्रदर्शन

Advertisement

काठमाडौं – नेपाली चलचित्रप्रेमीहरूका लागि प्रतीक्षित फिल्म ‘फेरि रेशम फिलिली’ को भव्य प्रिमियर शो सम्पन्न भएको छ। मंगलबार राजधानीको क्यूएफएक्स लाबिम हलमा आयोजित ग्राण्ड प्रिमियर समारोहमा नेपाली फिल्म उद्योगका चर्चित कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि ‘फेरि रेशम फिलिली’ देशभर प्रदर्शनमा आएको छ। २०१५ मा प्रदर्शन भएको सुपरहिट फिल्म ‘रेशम फिलिली’ को सिक्वेलका रूपमा आएको यो चलचित्रलाई निर्देशक निरोज महर्जनले निर्देशन गरेका छन्।

चलचित्रमा विनय श्रेष्ठ र सुपुष्पा भट्ट मुख्य भूमिकामा देखिएका छन्। त्यस्तै, कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रविन्द्र झा लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ। फिल्मले अमेरिका सपनासँग जोडिएको कथालाई रमाइलो तरिकाले प्रस्तुत गरेको छ।

चलचित्रको प्रिमियरमा उपस्थित दर्शक तथा फिल्म समीक्षकहरूले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका छन्। कमेडी र मनोरञ्जनात्मक भावले भरिपूर्ण ‘फेरि रेशम फिलिली’ ले दर्शकलाई हँसाउने मात्र होइन, सन्देशसमेत दिन्छ भन्ने विश्वास गरिएको छ।

फिल्मको रनटाइम २ घण्टा २२ मिनेट रहेको छ भने यसको व्यापार राम्रो हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल